Sajha Bichar
'

मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डियाले आयोजना गरेको ३ दिने भलिवल खेल शुक्रवार देखि नयाँ दिल्लीमा सुरु हुदै, प्रथम पुरष्कारको राशि नेरु ४९८०८ राखीएको


Author Image
बुधवार, माघ १०, २०८०

मदन भण्डारी फाउन्डेसन अंन्तर्गत संचालित मदन भंडारी इस्पोर्ट एकेडेमी नेपालले छिमेकि राष्ट्र भारतमा वैधानिकता पाए संगै विभिन्न क्षेत्रमा खेलहरु आयोजना गर्दै आएको छ । भारतीय गणतन्त्र दिवसको अवसरमा यहि २६ देखि २८ जनवरी २०२४ मा सेक्टर – ७ आरके पुरम, नयाँ दिल्ली स्थित आयोजना गरेको “अन्तर प्रवासी नेपाली पुरुष भलिवल प्रतियोगिता-२०२४” को टिम रजीस्ट्रेसन अन्तिम चरममा पुगेको र अन्तिम रजीस्ट्रेसन २५ जनवरी २०२४ सम्म गराई सक्नु पर्ने एकेडेमी बताएको छ ।

२६ देखि २८ जनवरी २०२४ अर्थात् ३ दिन सम्म चल्ने खेलमा दिल्ली, एनसीआर लगाएत भारत भरि बाट खेलाडीहरुको सहभागीता हुने छ। आयोजकका अनुसार २५ भन्दा बढी टिम सहभागी हुने जानकारी दिएको छ। खेलमा प्रथम हुनेलाइ नगद (भारु) ३११११, दोश्रोलाई २११११, तेश्रोलाई १११११ उत्कृष्ट खेलाडीलाइ १००१, उत्कृष्ट स्पाइकरलाई १००१, अनुशाशित खेलाडीलाई १००१ लगाएत अन्य पुरस्कारहरु ट्रफी, मेडल र प्रमाणपत्र रहेको खेल संयोजक तथा उपाध्यक्ष पदम गाहाले साझा विचार संगको कुराकानीमा बताए।

Views: 243

प्रतिक्रिया

सम्बन्धित खबर