Sajha Bichar
'

मदन भण्डारी स्पोर्ट्स एकेडमी भारतले आयोजना गरेको भलिवल खेलमा फाइनल टिमलाइ बल्ल हस्तान्तरण गर्दै राजदुत शंकर प्रशाद शर्मा


Author Image
सोमवार, माघ १५, २०८०

मदन भण्डारी फाउन्डेसन अंन्तर्गत संचालित मदन भंडारी इस्पोर्ट एकेडेमी नेपालले छिमेकि राष्ट्र भारतमा वैधानिकता पाए संगै विभिन्न क्षेत्रमा खेलहरु आयोजना गर्दै आएको छ । ७५औ भारतीय गणतन्त्र दिवसको अवसरमा यहि २६ देखि २८ जनवरी २०२४ मा सेक्टर – ७ आरके पुरम, नयाँ दिल्ली स्थित आयोजना गरेको “अन्तर प्रवासी नेपाली पुरुष भलिवल प्रतियोगिता-२०२४” सम्पन्न भएको छ।

कुल १७ टिम सहभागी रहेको खेल तिन दिन सम्म चलेको थियो। आफ्नो खेलको उत्कृष्ट खेलको प्रदर्शन गर्दै आँधिखोला स्याङ्जा क्लब विजयी भएको छ। प्रथम हुने टिमले भारु ३११११ नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ। त्यस्तै दोश्रो हुने पर्बत कल्काजी क्लबले भारु २११११ नगद मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ। भने तेश्रो हुने महाशिला पर्बत क्लबले भारु १११११ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेयो ।

आफ्नो खेलको उत्कृष्ट खेलको प्रदर्शन गर्दै उमेश सेंचुरिले बेस्ट स्पाइकरको पदक हात पार्न सफल भए। बिबस आलेले बेस्ट लिफ्टरको उपाधि जिते भने बेस्ट डीफेंडरमा राजन दर्लामीले आफ्नो कब्जा जमाए। पेलेएर अफ टुर्नामेन्टको पदक अशोक श्रेष्टले जिते भने मोस्ट राइजिङ्ग पेलेएरको उपाधि मनोज दिशाले पाए।

तिन दिन सम्म चलेको खेलमा नेपाली राजदुतावास नया दिल्लीका कल्चरल काउन्सोलर गोकुल बस्नेत उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने राजदुत डा शंकर प्रशाद शर्मा समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए।

Views: 41

प्रतिक्रिया

सम्बन्धित खबर