Sajha Bichar
'

चितवनका ३४ वर्षीय प्रज्जल दाहाल भारतमा बेपत्ता, वर्षौ बिति सक्दा पनि मिलेन कुनै जानकारी


Author Image
शनिवार, जेठ ४, २०८२

सुबास बस्नेत, नयाँ दिल्ली। नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य कानुनविद मुकुन्द दाहालका ३४ वर्षीय छोरा प्रज्जल दाहाल केहि वर्ष देखि बेपत्ता भएका छन्। अन्दाजी ५ फिट उचाइ भएका, गहु गोरो वर्णका युवा विगत केहि वर्ष देखि सम्पर्क बिहिन छन्। उनि भारतमा नै कहिँ कतै हुनसक्ने अनुमान गरिएको छ। उनको चालचलन, बानि व्यवहार र दैनिकी हेर्दा उनि आध्यात्मिक बाटोमा लागेको बुबा मुकुन्द दाहाल बताउनु हुन्छ।

भारतका विभिन्न धार्मिक स्थल तथा मन्दिरहरुमा प्रज्जल रहेको समेत जानकारी परिवारजनका सदस्य बताउनुहुन्छ। केहि प्रसिद्द स्थानहरु मध्ये मथुराको रमणरेति कुटी, वृन्दावनमा ७ दिन बसेको भन्ने खबर छ। त्यस्तै ऋषिकेशको कैलाश आश्रम परिसरमा करिव २२ दिन बसेको खबर परिवारले जानकारी दिएको छ। विजय गुरुको मन्दिर, हरियाणामा केहि दिन बसेको, कल्की अवतार आश्रम (षडानन्द गुरुको आश्रम), बारबन्कि, लखनउमा एक महिना सम्म बसेको जानकारी आएको छ। बोधगयामा करिव दुई महिना बिताएको भन्ने खबर छ। नर्मदा नदि परिकारमा गर्ने उहाको उदेश्य रहेको बताइएको छ।

नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य तथा प्रवासी नेपाली संघ भारतका पुर्व केन्द्रीय महासचिव टिका पौडेलले वर्षौ देखि बेपत्ता प्रज्जल दाहालको जानकारी दिदै भारत प्रवासमा कार्यरत संघ सस्थाहरुलाइ खोजि कार्यमा सहयोग गरिदिनहुन अपिल गर्नु भएको छ।

वर्षौ देखि बेपत्ता प्रज्जल दाहालको कुनै सुराक पत्ता लाग्न नसकेकोले खोजि कार्यमा सहयोग गरिदिनु हुन बुबा मुकुन्द दाहालले अपिल गर्नु भएको । यदि यस्तो खाले हुलिया भएको व्यक्ति कहिँ कतै फेला परेमा नजिको प्रहरी कार्यालयमा अथवा तल दिएको सम्पर्क नम्बरमा खबर गरिदिनुहुन् बुबाले अनुरोध गर्नुभएको छ ।

  • मुकुन्द दाहाल, चितवन नेपाल – ००९७७-९८५५०६३८८०,
  • टिका पौडेल, चितवन नेपाल – ००९७७ – ९७४२५४१२०८
  • सुबास बस्नेत, दिल्ली – ९९५८५८५९१५
  • नारायण प्रसाद हुमागाई, कोलकाता – ९१६३५४९८३९
Views: 158

प्रतिक्रिया

सम्बन्धित खबर