Sajha Bichar
'

भारतमा कार्यरत प्रमुख नेपाली संघ संस्थाका शिर्ष नेतृत्व र राजदुत डा. शंकर प्रसाद शर्मा बीच समसामयिक विषयमा छलफल


Author Image
बिहिवार, वैशाख २५, २०८२

सुबास बस्नेत, नयाँ दिल्ली । भारतमा कार्यरत प्रमुख नेपाली संघ संस्थाहरुको शिर्ष टोलि र नयाँ दिल्ली स्थित नेपाली दूतावासका राजदूत डा. शंकर प्रसाद शर्मा बीच बुधवार समसामयिक विषयमा छलफल भएको छ। छलफलमा भारत प्रवास कार्यरत प्रवासी नेपाली संघ भारत, नेपाली समाज भारत, नेपाली जन सम्पर्क समिति भारत, अखिल भारत नेपाली एकता समाजको टोलि सहभागी रहेको छ।

छलफलमा भारतमा आम नेपालीले दैनिक जीवनमा भोग्नु परेका समस्या र वर्तमान भारत-पाकिस्तान विचको सैन्य तनाव, गोर्खा पल्टनको अवस्था लगाएत समसामयिक विषयवास्तुमा छलफल गरीएको छ। त्यस्तै आधार कार्ड सम्बन्धी समस्या, श्रमिक सुरक्षा, प्रवासीलाई मताधिकार, नागरिकता र पहिचानको अन्योल, भाषा-संस्कृति संरक्षण तथा स्वदेश फर्किएपछि पुनर्स्थापनाका चुनौतीहरू प्रमुख रूपमा उठाइए नेपाली समाज भारतका महासचिव आर बि खड्का बताए। संगठनले उठाएका विषयवस्तुहरुमा राजदूत शर्माले गम्भीरतापूर्वक लिँदै समाधानका लागि नेपाल सरकारसमक्ष आवाज पुर्‍याउने प्रतिबद्धता जनाएको खड्काले बताए ।

भेटवार्तामा राजदूत शंकरप्रसाद शर्मा सहित राजदुतावासका शीर्ष नेतृत्वहरू डिसिएम सुरेन्द्र थापा, नियाेगमा कार्यरत विभिन्न विभागका कुटनीतिज्ञहरूको उपस्थितिमा भारत प्रवासमा नेपाली समुदायका बर्तमान समस्याहरू जस्तै नेपाली नागरिकता र भारतकाे आधार कार्ड, पेन्सनका समस्या, पढाइमा समानता गर्नुपर्ने वाद्यता, रेमिटेन्स र बैंक खाताका विषयमा छलफल गरीएको छ।

भारत प्रवासमा संघ संगठनहरूको तर्फबाट गरिएका सामाजिक गतिविधिहरु, आम नेपालीहरूको बीचमा चलाइएको जागरुकता अभियानको बारेमा समेत जानकारी गराइएको थियो। नेपाल आउनेजाने क्रममा बस यातायात संचालकहरूले गरेको लापरबाही, संगठनकाे सिफारिसमा विभिन्न कामको सहयाेगकाे लागि दूतावासमा पठाउदा नजरअन्दाज गरेका विषय, भारतमा अध्ययन गरेरका विद्यार्थीको भविस्य, भारत रहेका नेपाली व्यवसायीहरूलाई नेपालले दिनुपर्ने दिशानिर्देश सम्बन्धमा समेत चर्चापरिचर्चा गरीएको छ।

यस्तै कुटनीतिक नियोगका अधिकृतहरूले समेत आफ्नो तर्फदेखि विभाग संग संबन्धित विषयहरूसँग जानकारी दिएका छन। भारत प्रवासमा रहने नेपाली मूलका नेपाली समुदायमा दुतावासको तर्फबाट नियमनुसार छिटो छरितो सहजता र सहुलियतपूर्ण बातावरण सिर्जना गर्न पहल गर्न सहयोग तथा सुझावहरू माग गरिएको छ । डिसिएम सुरेन्द्र थापाले दूतावासले नीतिगत कार्यमा पहल गर्ने नेपाली समुदायका बालबालिकाहरूलाई नेपाली बाेल्न, लेख्न सिकाउने सबालमा सबै संगठनका कार्यकर्ताले सहयाेग पुर्‍याइदिनु पर्याे भन्ने सुझाव दिएका थिए ।

राजदूत शंकर शर्माले भारत प्रवासमा रहँदाबस्दा अपनाउन पर्ने सजगता, नियम कानुनको बारेमा जनचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गर्नुका साथै नेपाल र नेपाली दूतावासको तर्फबाट सहभागितामुलुक कार्यक्रम संञ्चालन गर्ने बिषयमाथि प्रतिवद्धता सहित आस्वासन दिनु भएको प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष नारायणप्रसाद हाेमगाईंले बताए । समसामयिक विषयमा छलफलका निम्ति दूतावासको पहलकदमी प्रति सहभागी संगठनहरूबाट धन्यवाद सहित विचार राखिएको थियो । यो छलफल प्रवासी नेपालीहरूको चासो र समस्यालाई औपचारिक तथा संस्थागत ढंगले प्रस्तुत गर्ने सकारात्मक पहलका रूपमा रहेको प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य रामप्रसाद पराजुलीको भनाइ छ।

प्रतिनिधिमुलक शिर्ष टोलिमा प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष नारायणप्रसाद हाेमगाईं, केन्द्रीय सचिवालय सदस्य रामप्रसाद पराजुली र केन्द्रीय सचिवालय सदस्य ‌जिवन शर्मा भुसाल, नेपाली समाज भारत देखि महासचिव आर बि खड्का र केन्द्रीय सदस्य अर्जुन दयाल, मूलप्रवाह नेपाली एकता समाजबाट केन्द्रीय अध्यक्ष ठाकुर खनाल र केन्द्रिय सदस्य धनवीर पुन, नेपाली जनसम्पर्क समिति देखि केन्द्रीय सदस्य कृष्ण पान्डे र क्षेत्रीय अध्यक्ष नन्दा शर्माको नेतृत्व रहभागी रहेको थियो।

Views: 73

प्रतिक्रिया

सम्बन्धित खबर