Sajha Bichar
'

प्रभु मनि ट्रान्सफर भारतले जित्यो एनपिएल टि-टेन क्रीकेट टुर्नामेंट २०२४ को उपाधि


Author Image
सोमवार, वैशाख ३, २०८१

नयाँ दिल्ली। नेपाली प्रीमियर लिग (एनपिएल) र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ईन्डिया द्वारा संयुक्तरुपमा टि10 क्रीकेट टुर्नामेंट 2024 सम्पन्न भएको छ। स्वास्थ्यका लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद भने मूल नाराका साथ यहि १३ र १४ अप्रिल २०२४ मा दिल्ली एनसीआरको फरिदाबादमा खेल सम्पन्न गरिएको हो।

कुल छ टिम सहभागी रहेको टि-10 खेलमा आफ्नो उत्कृस्ट खेलको प्रदर्शन देखाउदै प्रभु मनि ट्रान्सफर भारत क्रीकेट टिमले पहिलो एनपिएल “टि10 क्रीकेट टुर्नामेंट २०२४” को कप हात पार्न सफल भएको छ । त्यस्तै गोर्खा क्रिकेट क्लब ऊप-विजयता बनेको छ।

टर्स जितेर पहिले फिल्डिंग रोजेको प्रभु मनि ट्रान्सफर भारत क्रीकेट क्लबलाइ पहिले ब्याटिंग गर्दै गोर्खा क्रिकेट क्लबले ९ विकेटको नुक्सान सहित १५ ओवरमा ११५ रनको टार्गेट दिएको थियो । प्रतिस्पर्दामा फिल्डमा उत्रिएको प्रभु मनि ट्रान्सफर भारत क्रीकेट क्लबले ७ विकेटको क्षेतीमा १४.२ ओवरमा ११८ रन हात पार्न सफल भयो । प्रभु मनि ट्रान्सफर भारत क्रीकेट क्लबले ३ विकेटले सानदार जित हासिल गर्दै पहिलो ” टि10 क्रीकेट टुर्नामेंट २०२४” को कप हात पार्न सफल भएको छ ।

विजयी प्रभु मनि ट्रान्सफर भारत क्रीकेट क्लबले भारु ५१००० नगद, मेडल र प्रमाण पत्र प्राप्त गरको छ। त्यस्तै उप-विजयता गोर्खा क्रिकेट क्लबले भारु २१००० नगद, मेडल र प्रमाण पत्र प्राप्त गरको छ।

गोर्खा क्रिकेट क्लबका सरोज मगरले आफ्नो खेलको उत्कृस्ट प्रदर्शन देखाउदै बेस्ट बेटमेन र अंकित कुमारले बेस्ट फिल्डरको उपाधित जितिका छन्। त्यस्तै प्रभु मनि ट्रान्सफर भारत क्रीकेट क्लबका सुरज कुमारले बेस्ट बलरको स्थान हासिल गर्न सफल भए । खेलमा ओख्ला बयाज क्रिकेट क्लब, निस्दी गाउँपालिका-०७ क्रिकेट क्लब, रामपुर गाउँपालिका-०७ क्रिकेट क्लब र लुम्बिनी लायन्स क्रिकेट क्लब गरि जम्मा ६ टिम को सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भारत शाखा कार्यवाहक अध्यक्ष गोविन्द पोख्रेल प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। त्यस्तै प्रभु मनि ट्रान्सफर भारतका कन्ट्री हेड सुनिल मिश्र, अखिल भारत नेपाली एकता मंचका मानु श्रेष्ठ विशिष्ठ अथितिको रुपमा कार्यक्रममा उपस्थित रहेका थिए। साथै भिविन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति थियो।

Views: 398

प्रतिक्रिया

सम्बन्धित खबर