Sajha Bichar
'

प्रवासी नेपाली संघ भारत दिल्लीले सम्पन्न गरेयो अन्तर प्रवासी नेपाली भलिवल प्रतियोगिता – २०२४


Author Image
शनिवार, माघ १३, २०८०

नयाँ दिल्ली । प्रवासी नेपाली संघ भारत दिल्ली राज्य खेल विभागले २६ जनवरी २०२४ का दिन ७५औ भारतीय गणतन्त्र दिवसको अवसर परेर अन्तर प्रवासी नेपाली भलिवल प्रतियोगिता शुक्रबार सम्पन्न गरको छ। दिल्ली राज्य समिति सचिवालय सदस्य एनबी थापाको अध्यक्षतामा दिल्लीको ओखला फेज-२ को दसहरा मैदानमा खेल सम्पन्न गरिएको हो। खेलमा दिल्ली एनसीआर बाट कुल दश टिमले सहभागिता जनाएका थिए।

खेलमा फ्रेन्ड्स क्लब ओखलाले प्रथम स्थान हासिल गरेयो। त्यस्तै सृजनशील युवा क्लब जयपुर द्वितीय र जनज्योति युवा क्लब धारूहेडाले तृतीय स्थान हासिल गर्न सफल भए। आफ्नो उत्कृस्ट खेल प्रदर्शन गर्दै अनिस थापाले उत्कृष्ट खेलाडीको पुरस्कार हात परे।

कार्यक्रममा प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष रायण हुमागाई प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। त्यस्तै बिशिष्ट अतिथिमा संघका पुर्व अध्यक्ष लोकनाथ भन्डारी, दिल्ली प्रदेश तुकलकावाद क्षेत्रका बिधायक सहिराम पहलवान, हरकेश नगर निगम पार्षद ममता पवन प्रतापको बिशेष उपस्थिति रहेको थियो।

त्यस्तै अन्य अतिथिहरूमा प्रवासी नेपाली संघ भारत केन्द्रीय उपाध्यक्ष सिता अधिकारी, संघका केन्द्रिय सदस्यहरू सुर्य बस्याल, जिवन शर्मा, बिमल पौडेल, जुद्ध बहादुर जि टि, बिर बहादुर गजमेर, सविता थापा, रवि गुरुङग, देवेन्द्र श्रेष्ठ सहित केन्द्रिय सल्लाहकार परिषद सदस्य टीकाराम पोख्रेल लगायत् बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संघका कर्ताहरू लगाएत दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम राज्य सचिव खडानन्द शर्माले संचालन गरेका थिए।

विजयी खेलाडी हरूलाई पुरस्कार र ट्राफि प्रदान गर्दै प्रमुख अतिथि नारायण हुमागाईले खेलले प्रतिस्पर्धामा अनुशासित र मर्यादित रहेर पनि श्रेष्ठता हासिल गर्न सिकाऊनुको साथै स्वास्थ्यमा समेत सकारात्मक असर पार्ने भएकोले खेललाई जिवनको हिस्सा बनाऊनु पर्ने बताए । खेल मात्र नभयर अन्य क्षेत्रमा समेत प्रवासि नेपाली संघ भारतको झन्डा मुनि बसेर सामाजिक सेवाको क्षेत्रमा काम गर्नु पर्ने बताएका छन्।

कार्यक्रम अध्यक्ष एन बि थापाले हार र जित खेलको नियम भएकोले प्रत्यक सहभागी खेलाडी आयोजकको लागि ऊत्तिकै महत्वपूर्ण रहेको बताए। साथै कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्ने बिज्ञापन दाताहरू, व्यवस्थापनमा अहोरात्र खटिने कार्यकर्ता, खेलाडी, अतिथि, दर्शक लगाएत सम्पूर्णलाइ धन्यवाद समेत ज्ञापन गरेका थिए ।

Views: 449

प्रतिक्रिया

सम्बन्धित खबर