सुबास बस्नेत, नयाँ दिल्ली। भारतमा रहेका नेपाली ब्यबसायीहरुको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको अध्यक्षमा डा. मोहन कुमार कार्की सर्वसम्मत चयन भएका छन्। नवनिर्वाचित समितिको सफत ग्रहण तथा वार्षिक साधारण सभाको कार्यक्रम आईतबार नयाँ दिल्लीको हौजखासस्थित पीएचडी हाउसमा आयोजना गरिएको थियो ।
नवनिर्वाचित समितिका अन्य पदाधिकारी तथा सदस्यहरु क्रमश रहेका छन्: उपाध्यक्षहरूमा १- प्रमोद खरेल, २- राम नेपाल (उत्तर भारत), ३- गणेश पाण्डे (मध्य भारत), ४- खिमराज बराल (पूर्व भारत), ५- मनोज कोम्ताल (पश्चिम भारत), ६- मदन साह (पूर्वोत्तर भारत), ७- दुर्गाप्रसाद सुबेदी (दक्षिण एशिया), ८- राजकुमार श्रेष्ठ (नेपाल) रहेका छन्।

त्यस्तै अन्य पदाधिकारीहरु महासचिवमा चन्द्र लामिछाने र सहमहासचिवमा लक्ष्मण प्रसाद पाण्डे चयन भएका छन। सचिवहरूमा इ. बिवेक शर्मा, विष्णु मुर्ति बराल र सौरभ पोखरेल छन् भने कोषाध्यक्षमा सीए सन्दीप कौशल र सह-कोषाध्यक्ष विष्णु पौडेल रहेकाछन।
कार्यकारी सदस्यहरू १- दिल खत्री, २- जुद्ध बहादुर थापा, ३- विष्णु शर्मा (न्यौपाने), ४- सुनील मिश्रा, ५- घनश्याम शर्मा, ६- सीए लक्ष्मण पाण्डे, ७- जीवन शर्मा, ८- मिलन शर्मा, ९- भुपेन्द्र बस्नेत, १०- किशन कुमार, ११- कमला क्षेत्री, १२- राज शर्मा, १३- नन्दा शर्मा छन।
मिडिया सदस्यहरूमा गोविन्द पोखरेल, नरेन्द्र खनाल र आशा थापलिया छन्।

त्यस्तै सल्लाहकार समितिका सदस्यहरुमा चिरञ्जीवी मरासनी, युवराज बराल, देवेन्द्र कुँवर र मिन बहादुर कुँवर छन् भने संरक्षकमा चिरञ्जीवी मरासिनि र चन्द्र बराल रहेका छन्। कार्यसमितिको कार्यकाल तीन वर्षका लागि रहने छ ।










