सुबास बस्नेत, नयाँ दिल्ली। भारतमा रहेका नेपाली ब्यबसायीहरुको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजले दोश्रो इन्डो- नेपाल ट्रेड फेस्टिवल २० देखि २१ फरवरी – २०२६मा नयाँ दिल्लीमा आयोजना गर्दै छ। फेस्टिवल नयाँ दिल्लीको हौजखासस्थित पीएचडी हाउसमा आयोजित हुने छ।
पहिलो दिन अर्थात् २० गते कार्यक्रमको उद्घाटन गरिने छ। यो कार्यक्रममा आमन्त्रित अतिथिहरुको मात्रै सहभागिताहुने छ। त्यस्तै २१ र २२ गते खुल्ला एक्जिबिशन हुने छ। व्यापार मेलामा सहभागी भई यो सुवर्ण अवसरलाई भरपुर मात्रामा फाइदा उठाउन सक्नुहुने छ। यस मेलाले नेपाल र भारतबीच व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र नेपाल-भारत विचको सम्बन्ध प्रगाढ बनाउने छ। साथै नेपाल र भारतबीच व्यापार प्रवर्दनमा यो महोत्सव एक सेतुको रुपमा स्थापित हुन सहयोग गर्ने समेत् आयोजकको भनाइ छ ।
आयोजकले मंगलबार प्रेस क्लब अफ इंडियाको प्रेस कन्फेरेन्स गरेर कार्यक्रमको रुपरेखा सार्वजनिक गरेको छ।
प्रेस विज्ञप्ति:


कार्यक्रमको रुपरेखा:












