Sajha Bichar
'

प्रवासी नेपाली संघ भारत, द्वारा नयाँ दिल्लीमा भलिवल खेलको आयोजना हुदै


Author Image
शनिवार, माघ ११, २०८२

सुबास बस्नेत, नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत, दिल्ली राज्य समितिको खुलकुद तथा अतिरिक्त क्रियाकलाप विभागले यहि २५ र २६ जनवरी, २०२६का दिन भलिबल खेल आयोजना गर्ने भएको छ। भारतीय ७७औँ गणतन्त्र दिवसको उपलक्ष्यमा “एकादेव आले स्मृति खुला पुरुष भलिबल प्रतियोगिता – २०२६” आयोजना हुन् गइरहेको हो। प्रवासी नेपाली संघ भारतले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि खेल आयोजना गरेको हो। संघले बिगत लामो समय देखि आन्तर प्रवासी नेपाली भलिवल खेल आयोजना गर्दै आएको छ।

खेलमा सहभागी हुन् चाहने खेलाडी तथा टिमले यहि २४ जनवरी, २०२६ सम्म टिम दर्ता गराइसकेको हुनुपर्ने छ । खेलमा सिमित टिम मात्रै सहभागी गराइने भएकोले समय मै टिम दर्ता गराई सिट सुरक्षीत राख्न आयोजकले आवाहन गरेको छ। आयोजकले यसै सुचना मार्फत भारत प्रवासमा कार्यरत सम्पूर्ण संघ, संस्था, समाजसेवी, बुद्दिजिविहरुलाइ उपस्थितिको लागि हार्दिक निमंत्रणा समेत गरेको छ।

कार्यक्रम हुने मिति : 25 र 26 जनवरी 2026
स्थान: स्टोर वाला रामलिला पार्क, मोडल टाउन–II, दिल्ली–११०००९

अधिक जानकारी र टिम दर्ताको लागि सम्पर्क नम्बरहरु:

1.जीवन शर्मा, प्रवासी नेपाली संघ भारत, केन्द्रिय सचिवालय सदस्य तथा दिल्ली राज्य इन्चार्ज – +91 98990 28099
2.एन.बी. थापा, प्रवासी नेपाली संघ भारत, केन्द्रिय सचिवालय सदस्य तथा दिल्ली राज्य सह-इन्चार्ज +91 98688 13538
3.बिमलराज पौडेल, प्रवासी नेपाली संघ भारत, केन्द्रिय सदस्य तथा दिल्ली राज्य सह-इन्चार्ज – 88001 57848
4.सुर्य प्रसाद बस्याल, प्रवासी नेपाली संघ भारत, केन्द्रिय सचिवालय सदस्य – 99715 88385
5.मनबहादुर के.सी., प्रवासी नेपाली संघ भारत, दिल्ली राज्य सचिवालय सदस्य तथा खेल विभाग प्रमुख: – +91 99111 07057

Views: 36

प्रतिक्रिया

सम्बन्धित खबर