Sajha Bichar
'

प्रवासी नेपाली संघ भारत, दिल्ली राज्य समितिको १३औं अधिवेशन सम्पन्न


Author Image
मङ्गलवार, मंसिर २४, २०८२

सुबास बस्नेत, नयाँ दिल्ली । प्रवासी नेपाली संघ भारत, दिल्ली राज्य समितिको १३औ अधिवेशन आईतबार किर्तिनगर, दिल्ली स्थित झेलम अरोड बंस भवनमा भव्यताका सम्पन्न भएको छ । अधिवेसनले निवर्तमान अध्यक्ष देवेन्द्र श्रेष्ठको अध्यक्षतामा ३७ सदस्यीय राज्य अमिति गठन गरेको छ । त्यस्तै निवर्तमान कार्यसमितिका धेरैजसोकार्यकारीहरुलाई नै पुनदोहोराइएको छ। उपाध्यक्ष – सावित्रा गिरी, सचिव – खडानन्द शर्मा, सहसचिवहरु – चोलाकान्त न्यौपाने र सरस्वती भण्डारी र कोषाध्यक्ष – गुम बहादुर थापा, सर्वसम्मत चयन भएका छन्।

अधिवेशनमा प्रमुख अतिथिको रुपमा प्रवासी नेपाली संघ भारतका केन्द्रिय अध्यक्ष नारायण प्रसाद हुमागाई उपस्थित रहेका थिए। त्यस्तै विशिस्ट अतिथिहरुमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज – हरि प्रसाद घिमिरे, प्रवासी नेपाली संघ भारतका पुर्व केन्द्रिय अध्यक्ष तथा एकदेव आले स्मृति प्रतिष्ठानका अध्यक्ष लोकनाथ भण्डारी, प्रवासी नेपाली संघ भारतका पुर्वकेन्द्रिय महासचिव तथा नेकपा एमाले वागमती प्रदेश कमिटि सदस्य टीका पौडेलको उपस्थिथि रहेको थियो।

अधिवेशनमा छिमेकी राज्यहरुबाट समेत अतिथिहरुको उपस्थिति रहको थियो। प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य तथा हरियाणा राज्य इन्चार्ज मोहन थापा, केन्द्रिय लेखा आयोग प्रमुख रवि घिमिरे, केन्द्रिय सचिवालय सदस्य एवं केन्द्रिय महिला विभाग प्रमुख गीता घिमिरे, पंजाव हिमांचल चण्डिगड संयुक्त राज्य समितिका सचिव जि. बी गुरुङ, समेत यस अधिवेशनमा अतिथिको रुपमा उपस्थित रहेका थिए।

त्यस्तै केन्द्रिय सचिवालय सदस्य एवम् केन्द्रिय कानुन विभाग उपप्रमुख रामप्रसाद पराजुली, केन्द्रिय सचिवालय सदस्य तथा दिल्ली राज्यका इन्चार्ज जीवन शर्मा भुसाल, केन्द्रिय सचिवालय सदस्य तथा दिल्ली सहइन्चार्ज एनबी थापा, केन्द्रिय सदस्य तथा दिल्ली सहइन्चार्ज बिमलराज पौडेल, केन्द्रिय सदस्यहरु सुबास बस्नेत, सविता थापा, जुद्व जीटी, केन्द्रिय कानुन विभाग सदस्य एवं दिल्ली राज्य समितिका सल्लाहकार परिषद सदस्य डि.बी थापा लगाएतका नेताहरुको बाक्लो उपस्थितिमा राज्यको अधिवेशन सम्पन्न भएको थियो।

०७ डिसेम्बर २०२५ का दिन सम्पन्न दिल्ली राज्य समितिको तेह्रौं अधिवेशन बाट सर्वसम्मत चयन हुने सदस्यहरुमा: मनबहादुर केसी, बसन्ती आचार्य, शान्ति क्षेत्री, ध्वज खाती, दिपेश केसी, नरबहादुर थापा, गोविन्द तिवारी, विन्दा खड्का, गोविन्द अर्याल, एनबी थापा, टीकाराम गिरी, दुर्गा कार्की, उर्जा देवी रोकाय, भरत क्षेत्री, रुक बहादुर थापा, खेमानन्द पाण्डे, मीना शर्मा, मनबहादुर गुरुङ, अग्नि धर अधिकारी, एमन नेपाली, रेखा भुसाल, जमुना न्यौपाने, चन्दन न्यौपाने, निर्मला भुसाल, रवि कुमार, सीता लामा, नारायण शर्मा, जयबहादुर गोयल, लक्ष्मी न्यौपाने, बिष्णु पौडेलर रहेका छन्।

प्रवासी नेपाली संघ भारतका पुर्वकेन्द्रिय महासचिव तथा नेकपा एमाले वागमती प्रदेश कमिटि सदस्य टीका पौडेलको अध्यक्षमण्डलले निर्वाचन प्रक्रिया गराएको थियो। अध्यक्षमण्डलको संचालनमा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य तथा हरियाणा राज्य इन्चार्ज मोहन थापा रहेका थिए त्यस्तै केन्द्रिय लेखाआयोग प्रमुख रवि घिमिरेले सह-संचालनको भूमिका निभाएका थिए। सदस्यहरुमा केन्द्रिय सचिवालय सदस्य एवं केन्द्रिय महिला विभाग प्रमुख गीता घिमिरे र पंजाव हिमांचल चण्डिगड संयुक्त राज्य समितिका सचिव जि. बी गुरुङ गरि ५ सदस्यी अध्यक्षमण्डल रहेको थियो।

प्रवासी नेपाली संघ भारत, दिल्ली राज्य समितिको १३औ अधिवेशन ऐतिहासिक रूपमा र सौहार्दपूर्ण बाताबरणमा बिबादरहित सम्पन्न भएको थियो। राज्य समितिले पहिलो बैठकमा सचिवालय गठन र केहि सदस्यको मनोनयनसमेत गर्ने छ।

Views: 256

प्रतिक्रिया

सम्बन्धित खबर