Sajha Bichar
'

गुल्मी सम्पर्क समाज भारतको समिक्षा बैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न


Author Image
आइतवार, जेठ १२, २०८२

साझा विचार, नयाँ दिल्ली। गुल्मी सम्पर्क समाज भारतको पहिलो अधिवेसन पछिको समिक्षा बैठक तथा परिचयात्मक कार्यक्रम आइतबार साउथ इन्डियन समाज मन्दिर सरोजिनि नगर, नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठक संस्थाका अध्यक्ष टिकाबहादुर कार्कीको अध्यक्षता र उपाध्यक्ष तथा पुर्वमहासचिव मुकुन्द पौडेलको संचालनमा सम्पन्न भएको छ ।

समिक्षा बैठकमा गुल्मी सम्पर्क समाज भारतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्था संचालन समितिका पदाधिकारी तथा सदस्यहरु, पालिका सम्योजन समिति संयोजकहरु, सल्लाहकारहरु लगाएतको उपस्थिति रहेको थियोे । बैठकमा पुर्व समितिका पदाधिकारीहरुले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई संस्थाका कागजात तथा आर्थिक समेत हस्तान्तरण गरेका थिए ।

स्मरण रहोस गुल्मी सम्पर्क समाज भारतको पहिलो अधिवेसन तथा घोषणा सभा २० अप्रिल २०२५ का दिन चिराग दिल्ली स्थित बाल्मिकी मन्दिरको सभा हलमा सम्पन्न भएको थियो। अधिवेसनले टिका बहादुर कार्कीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरको थियो । विभिन्न पेशा, ब्यबसाय, नोकरी, अध्ययन गरि भारतमा विशेसत दिल्ली एनसीआरमा बसोबर गर्ने गुल्मीलेहरु यस संगठनमा आवद्ध छ्न ।

सन् २०२२ मा स्थापना भएको संस्थाले आफ्नो स्थापना काल देखि नै सामाजिक तथा परोपकारी कार्य गरेर आफुलाइ अग्र स्थानमा राखेको छ। गुल्मीका १२ वटा स्थानीय तह मध्ये दुइ नगरपालिका र दस वटा गाउँपालिकालाई समान रुपमा प्रतिनिधित्व हुनेगरि संस्था निर्माण गरेको छ। भारत प्रवासमा विशेसत दिल्ली, एनसीआरमा बसोवास गर्ने गुल्मेलीलाइ एकतृत गरेर संस्था अघाडी बढेको छ।

Views: 329

प्रतिक्रिया

सम्बन्धित खबर