Sajha Bichar
'

मुसीकोट नगरपालिका – ६ का छबिलाल बुढाको परिवारलाइ प्रवासी नेपाली गुल्मी सम्पर्क मंच दिल्ली द्वारा सहयोग


Author Image
शुक्रवार, जेठ १०, २०८२

नयाँ दिल्ली। गुल्मी जिल्ला मुसीकोट नगरपालिका – ६ स्थायी घर भई हाल भारतको दिल्ली स्थित वसन्त कुञ्जमा बसोबार गर्दै आउनु भएका छबिलाल बुढामगरका छोरा टिका बहादुर बुढामगरको २२ वर्षको अल्पायुमा नै यहि २७ अप्रिल २०२५ मा निधन भएको थियो। उहाको आर्थिक अवस्थालाइ मध्यनजर राख्दै प्रवासी नेपाली गुल्मी सम्पर्क मंच दिल्लीका वरिष्ठ सल्लाहकार योगराज अर्यालको जानकारी अनुसार प्रवासी नेपाली गुल्मी सम्पर्क मंच दिल्लीका अध्यक्ष डम्बर अधिकारीको पहलमा संस्थाका पदाधिकारी तथा सदस्यहरुले केहि रकम सहयोग गरेर हस्तान्तरण गरेका छन्।

संकलित रकमलाइ संस्थामा उपाध्यक्ष मोहन भण्डारीको कार्यालयमा मुसीकोट नगरपालिका – ६ का वडा अध्यक्ष खड्क बहादुर खड्काको रोहवरमा पिडितलाइ हन्तान्तरण गरीएको छ। साथै संस्थाका वरिष्ठ सल्लाहकार योगराज अर्याल र संस्थाका सचिव गोकुल कुंवरले आफ्नै यतायात न्यु रेसुंगा टुर एण्ड ट्राभल्स बाट मृतककि बहिनिलाइ दिल्ली देखि बुटवल सम्म निशुल्क सेवा प्रदान गर्नु भएकोछ ।

सहयोगी संस्थाका पधाधिकारी तथा सदस्यहरुको बिवरण निम्नलिखित दिएको छ:

Views: 180

प्रतिक्रिया

सम्बन्धित खबर