Sajha Bichar
'

बैदेशिक रोजगारीको लागि दुबई हिडेका युवा दिल्ली देखि बेपत्ता,


Author Image
मङ्गलवार, फागुन २७, २०८१

नयाँ दिल्ली। पिपिचाप-२ कन्चन, रुपन्देही स्थायी घर भई बैदेशिक रोजगारीको लागि दुबई हिडेका एक जना युवा दिल्ली देखि बेपत्ता भएका छन्। लाखौ सपना बोकेर विदेश हिडेका ३२ वर्षीय रामु बुढाथोकी ६ मार्चको बेलुकी पख इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा दुबईको फ्लाइट कुरेर बसीरहेका थिए। अचानक स्वास्थ्यमा देखिएको गडबडीको कारण उनि फ्लाइटमा जान सकेनन। एक जना एयरपोर्ट कर्मचारीले रातिको करिव ९ बजे दिल्लीको सफ्दरजंग हस्पिटल सम्म पुर्याएको भन्ने जानकारीका अनुसार आफन्तजन हस्पिटल पुगे। तर पछि खोजतलास गर्दा उनि हस्पिटलमा पुगेको कुनै तथ्य फेला परेन।

दुबई हिडेको व्यक्ति गन्तब्यमा पुग्ने त कुरै भएन। दिल्लीमा खोजतलास जारि छ। करिव एक हप्ता बिति सक्दा पनि उनको कुनै सुराक पत्ता लाग्न नसकेको बताउछन प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य जुद्द जिटी। यदि यस्तो खाले हुलिया भएको व्यक्ति कहिँ कतै फेला परेमा नजिको प्रहरी कार्यालयमा अथवा तल दिएको सम्पर्क नम्बरमा खबर गरिदिनुहुन् आफन्तजनले अनुरोध गरेका छन्। सम्पर्क: जुद्द जिटी, केन्द्रीय सदस्य – प्रवासी नेपाली संघ भारत,- ९८७१७ १६४३३, दल बहादुर सारु- ७५०३६५२७२२३, जीवन लामिछाने -९९१००५६८६९।

Views: 265

प्रतिक्रिया

सम्बन्धित खबर