Sajha Bichar
'

प्रवासी नेपाली संघ भारतले विभिन्न राज्यमा मनायो ५८औं संघको स्थापना दिवस।


Author Image
सोमवार, वैशाख २४, २०८१

नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिले आइतबार एक भब्य कार्यक्रमका बीच संघको ५८औं स्थापना दिवस मनाएको छ । विश्व श्रमजीवी वर्गका महान शिद्धान्तकार कार्ल‌‌‌ मार्क्सको २०७औं‌ जन्मजयन्ति समेत मनाइएको छ। सन् ५ मई १९६६ मा स्वर्गीय नेता एकदेव आलेको नेतृत्वमा गठित संघले ५८औं बसन्त पार गरेको छ।

कार्यक्रममा प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समिति अध्यक्ष देवेन्द्र श्रेष्ठको अध्यक्षता रहेको थियो। संघका केन्द्रय सचिवालय सदस्य एनबी थापा प्रमुख अतिथि र केन्द्रय सचिवालय सदस्य जीवन शर्मा भुसाल बिशेष अतिथिको रुपमा उपस्थित थिए। त्यस्तै अन्य अतिथिहरुमा केन्द्रिय सदस्य होमनाथ दाहाल , बिमल पौडेल ,वीरबहादुर गजमेर, सुभाष बस्नेत ,जुद्द जिटी,सविता थापा , केन्द्रिय सल्लाकार परिसद सदस्य टीकाराम पोख्रेल , दिल खत्री , योगराज अर्याल राज्य सल्लाहकार डि.बी थापा अखिल भारत प्रवासी नेपाली संघ बाट बिष्णु पोख्रेल , जन चेतना भजन मण्डली को टिम , लगाएत दिल्ली राज्य समितिका नेता तथा कार्यकर्ता र नगर समितिका नेता तथा कार्यकर्ता गरि दर्जनौ नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।

किर्ति नगर दिल्ली स्थित आयोजित कार्यक्रमको संचालन दिल्ली राज्य समिति सचिव खडानन्द शर्माले गरेका थिए। कार्यक्रममा सांस्कृतिक कार्यक्रम र भजन समेत प्रस्तुत गरीएको थियो। संघको ५८औं स्थापना दिवसको अवसरमा पन्जाब हिमान्चल, हरियाणा, महाराष्ट्र लगाएतका दर्जनौ राज्यले विशेस कार्यक्रमको आयोजना गरेका थिए।

Views: 248

प्रतिक्रिया

सम्बन्धित खबर