नयाँ दिल्ली । मित्र मञ्च मानव कल्याण भारतले ८ मार्च २०२४ मा एक विशेस कार्यक्रमका बीच ११४औ अन्तर्राष्ट्रिय नारि दिवस २०२४ मनाएको छ। संस्था बिगत लामो समय देखि भारत प्रवासमा नेपालीहरुको सुख दुखको सारथि बन्दै आएको छ। नयाँ दिल्ली स्थित प्यारेलाल भवनमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाली राजदूतावासका सांस्कृतिक काउन्सोलर गोकुल बस्नेत प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। त्यस्तै कार्यक्रम अन्तर्राष्ट्रिय ख्याति प्राप्त गायक राजु परियारको विशेस उपस्थिति सहित बेजोड प्रास्तुती रहेको थियो। साथै कार्यक्रममा अन्य समाजसेवी, कलाकार र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

संस्था सन् १९९० मा दर्ता भएको हो। प्रवासी नेपाली मित्र मञ्च भनेर भारतमा प्रशिद्द संस्थाले हालै आफ्नो नाम परिवर्तन गरि मित्र मञ्च मानव कल्याण (भारत) राखेको छ। संस्थाका अध्यक्ष विष्णुप्रसाद खनाल र महिला अध्यक्ष अनिता क्षेत्रीले संस्थाको नाम परिवर्तन भए पनि संस्थाको मिशन र मुख्य सेवाहरू यथावत रहने बताए ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद खनाल र महिला अध्यक्ष अनिता क्षेत्रीले कार्यक्रम सफलताको श्रेय व्यक्ति विशेस नभई सिंगो टिमको रहेको बताए। कार्यक्रम सफल पर्नमा अहोरात्र खटिने संस्थाका पधाधिकारीहरुको मध्ये संरक्षक दुर्गा प्रसाद अर्याल, केन्द्रीय अध्यक्ष विष्णुप्रसाद खनाल, वरिष्ठ उपाध्यक्ष रघुनाथ पाण्डे, उपाध्यक्ष झविलाल अर्याल, महासचिव काशीराम आचार्य, सहसचिव रमेश थापा, कोषाध्यक्ष मुक्तिराम पाण्डे, प्रमुख सलाहकार नारायण शर्मा, दिल्ली राज्य अध्यक्ष बाबुराम थापा, महिला अध्यक्ष अनिता क्षेत्री, उपाध्यक्ष मिना भट्टराई , महासचिव गीता खनाल, सचिव कमला सिघा, सह-सचिव रिता पौडेल, सदस्य कविता शर्मा रहेका छन्।

