Sajha Bichar
'

भारतमा संघीय संसदको लागि आज मतदान, निर्वाचन सात चरणमा हुँदै


Author Image
शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं। छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन हुँदैछ। जनसंख्याका हिसाबमा विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा ५ सय ४५ मध्ये १ सय २ सिटकालागि निर्वाचन हुन लागेको हो।

एक अर्ब ४० करोड जनसंख्या रहेको भारतमा यस पटकको निर्वाचनमा ९६ करोड ९० लाख मतदाता रहेका छन्। ती मध्ये एक करोड ८० लाख मतदाताले पहिलोपटक मतदान गर्दैछन्।

यसैगरि ८२ लाख मतदाता ८५ बर्ष भन्दा बढी उमेर समूहका रहेका छन्। यी सबै मतदातालाइ आफ्नै घरबाट मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ। एक सय बर्ष उमेर काटेका मतदाताको संख्या २ लाख १८ हजार रहेको छ।

सात चरणमा हुने निर्वाचन ६ हप्तासम्म सञ्चालन हुने छ। २ हजार ६ सय भन्दा बढी राजनीतिक दलहरु निर्वाचनमा सहभागी छन्। निर्वाचनको अन्तिम परिणाम जुन ४ तारिखमा घोषणा गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

Views: 110

प्रतिक्रिया

सम्बन्धित खबर