काठमाडौं । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ ।
माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।

Views: 175