Sajha Bichar
'

प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत ललितकलामा योगदान पुर्‍याएका गुल्मीका अधिकारी सम्मानित


Author Image
आइतवार, साउन ५, २०८२

सुबास बस्नेत, साझा विचार, २०८२ साउन ३ गते । ललितकला क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका गुल्मीका हरीराम अधिकारी नेपाल सरकार द्वारा प्रदान गरिने प्रादेशिक प्रतिभा पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्। गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३, दर्लाम्चौर स्थायी घर भई अहिले काठमाडौँमा बसोवास गर्दै आएका अधिकारीलाई लुम्बिनी प्रदेशतर्फको ललितकला विधामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो।

२०८२ असार ३२ गते काठमाडौँको सिंहदरबारमा आयोजित विशेष समारोहमा मन्त्री बद्रीप्रसाद पाण्डे र सचिव हरिप्रसाद मैनालीको उपस्थितिमा अधिकारीलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको हो। युक्त सम्मानपत्रमा अधिकारीको दीर्घकालीन योगदानको कदर गर्दै नेपालको ललितकला क्षेत्रलाई थप सशक्त बनाएको उल्लेख गरिएको छ।

सम्मानपत्रमा भनिएको छ, “विगत लामो समयदेखि ललितकलाको क्षेत्रमा समर्पित रही पुर्‍याउनु भएको योगदानको कदरस्वरूप नेपाल सरकारद्वारा स्थापित राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत लुम्बिनी प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार–२०८१ द्वारा यहाँलाई सम्मानित गरिएको छ।”

सरल स्वभाव, शालीन र सहयोगी भावना भएका अधिकारीको सृजनशीलता, कलाप्रतिको लगाव, समर्पण र निरन्तरताले नै उनि प्रादेशिक प्रतिभा पुरस्कार–२०८१ प्राप्त गर्न सफल भएको कलाकारहरूको भनाइ छ। साथै अधिकारीको यो योगदानले लुम्बिनी प्रदेशको ललितकलाको पहिचान निर्माणमा महत्त्वपूर्ण टेवा पुगेको बताईएको छ।

Views: 547

प्रतिक्रिया

सम्बन्धित खबर