Sajha Bichar
'

गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित


Author Image
शनिवार, जेठ २३, २०८३

दुबई, संयुक्त अरब इमिरेट्स (यूएई), ३१ मे २०२६।

सुबास बस्नेत। गल्याङ्ग नगर समाज यूएईको चौथो अधिवेशन दुबईस्थित गाउँबेसी रेस्टुरेन्टमा भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नवीन न्यौपानेलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ। अधिवेशन सफल बनाउन गठित निर्वाचन समितिका संयोजक जीवन पंगेनी तथा सदस्यहरू सूर्य गौतम र नारायण न्यौपानेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गराउन उहाँहरूले पुर्‍याउनुभएको योगदानप्रति अधिवेशनले उच्च सम्मान व्यक्त गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा स्याङ्जा सहयोग समाज यूएईका अध्यक्ष रेशम राज खनाल, विभिन्न सामाजिक तथा क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, समाजसेवी तथा यूएईमा रहेका गल्याङवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले गल्याङ्ग नगर समाज यूएईले प्रवासमा रहेर सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा परोपकारी कार्यमार्फत पुर्‍याएको योगदानको प्रशंसा गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

चौथो अधिवेशन अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण निम्नानुसार रहेको छः
अध्यक्ष: नवीन न्यौपाने, वरिष्ठ उपाध्यक्ष: उमा पोखरेल, उपाध्यक्ष: नारायण भट्टराई, महिला उपाध्यक्ष: भगवती खनाल, महासचिव: दीपा सुवेदी, सचिव: बालकृष्ण भट्टराई, कोषाध्यक्ष: रेशम प्रसाद खनाल, सह-कोषाध्यक्ष: रिता पाण्डे, प्रवक्ता: प्रकाश भट्टराई रहेका छन्। त्यस्तै सदस्यहरू रमेश प्रसाद खनाल, यामकला पाण्डे, ज्ञानेन्द्र देव खनाल, मोनिका अधिकारी, अग्नि चापागाईं, अशोक खनाल, दामोदर बस्याल, दिपा भुसाल र शारदा भण्डारी।

नवनिर्वाचित अध्यक्ष नवीन न्यौपानेले संस्थामा एक कार्यकाल कार्यसमिति सदस्य तथा एक कार्यकाल महासचिवका रूपमा कार्य गर्दाको अनुभवलाई संस्थाको थप उन्नति र सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले आफूलाई नेतृत्वको जिम्मेवारीमा निर्विरोध निर्वाचित गराउने प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, पूर्व अध्यक्षहरू, पदाधिकारी, सदस्य तथा सम्पूर्ण गल्याङवासीप्रति हार्दिक आभार व्यक्त गर्नुभएको। अध्यक्ष न्यौपानेले गल्याङ्ग नगर समाज यूएईलाई अझ सक्रिय, पारदर्शी, उत्तरदायी र उदाहरणीय संस्थाका रूपमा विकास गर्दै प्रवासमा रहेका गल्याङवासीहरूबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाउनुभएको छ।

उल्लेखनीय छ, गल्याङ्ग नगर समाज यूएईले स्थापना कालदेखि नै यूएईमा रहेका गल्याङवासीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मानवीय सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

Views: 86

प्रतिक्रिया

सम्बन्धित खबर