Sajha Bichar
'

रास्वपा सभापति रवि लामिछाने आज देखि पाँचदिने भारत भ्रमणमा, नेपाली समुदाय संग समेत अन्तर्क्रिया गर्ने तय


Author Image
सोमवार, जेठ १८, २०८३

सुबास बस्नेत, नयाँ दिल्ली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज आगमन गर्दैछन् । लामिछाने भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत आउन लागेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे जानकारी गराएका थिए । लामिछानेले नयाँ दिल्लीमा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन सहित उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची सार्वजनिक भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट संगठन नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने एक कार्यक्रमलाई समेत लामिछानेले सम्बोधन गर्ने छन्। नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा जेठ २१ अर्थात् ४ जुन २०२६ को ३ बजे लाजपथ भवन अडिटोरियम, लाजपथ नगर, नयाँ दिल्लीमा नेपालीहरूसँग विशेष अन्तरक्रिया तथा भेटघाट गर्नेछन्।

बिजेपीका विदेश विभाग इन्चार्ज विजय चौथाइवालाले समेत आइतबार प्रेस विज्ञप्ति जारी गर्दै लामिछाने भारत भ्रमणमा आउन लागेको बताएका छन् । उनले भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनसहित वरिष्ठ नेताहरुसँग नयाँ दिल्लीमा भेटको तालिका रहेको बताएका छन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायत उच्चस्तरीय भेट गर्ने सेमत सम्भनावना रहेको छ।

भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन् । लामिछाने व्यक्तिगत भ्रमणको सिलसिलामा अयोध्यासमेत जाने तालिका छ । उनि जेठ २२ गते नेपाल फर्कनेछन् । (तस्वीर फाईल)

Views: 64

प्रतिक्रिया

सम्बन्धित खबर