Sajha Bichar
'

भारतको हरियाणाको भिवानी देखि रेशुङ्गा नगरपालिका गुल्मीका एक युवा बेपत्ता


Author Image
आइतवार, वैशाख १४, २०८२

सुबास बस्नेत, नयाँ दिल्ली । रेशुङ्गा नगरपालिका-९, गुल्मी निवासी गोपाल सार्कीमा छोरा नवराज सार्की भारतको हरियाणा राज्यको भिवानी देखि बेपत्ता भएका छन्। उनकि श्रीमतीको भनाइ अनुसार १ अप्रील २०२५ का दिन उनि घर देखि भारतको हरियाणा राज्यको भिवानीमा कामको सिलसिलामा हिडेका थिए। श्रीमानले ९ अप्रिल २०२५ को दिन अन्तिम पटक घरमा सम्पर्क भएको र त्यस पछि १० गते देखि बेपत्ता भएको भन्ने भनाई छ। आफन्तजनले भिवानीको स्थानीय प्रहरी प्रसाशनमा युवक हराएको जानकारी दिए पछि प्रहरीले समेत युवकको खोजि कार्यको लागि पहल गरेको छ।

भारतको हरियाणा राज्यको भिवानी, शिवानी -३ पर्शुराम चोक देखि १० अप्रिल देखि नवराज बेपत्ता छन्। करिव २ हप्ता बिति सक्दा पनि उनको कुनै खबर नआउदा परिवारका सदस्यहरु चिन्तामा छन्। अन्दाजी ३५ वर्ष, ५ फुट ३ इन्च उचाई, रंग गहुगोरो, मानसिक सन्तुलन बिग्रिएको, रातो टिशर्ट लगाएको व्यक्ति यदि कहिँ कतै कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय अथवा आफन्तजनका यी सम्पर्क नम्बरमा सम्पर्क गर्नहुन अनुरोध गर्दछौ 8178068606।

Views: 539

प्रतिक्रिया

सम्बन्धित खबर