नयाँ दिल्ली। भारतको नयाँ दिल्ली स्थित इंडिया इन्टरनेशनल सेन्टरमा नेपाल भारतको सम्बन्ध र संस्कृति झल्किने गरि “चित्रकार लिगेसी”को आज उद्घाटन गरीएको छ। किरणमान चित्रकारको सहयोगमा नेपाली राजदुतावासले आयोजना गरेको हो। भारतका लागि नेपाली राजदुत डा शंकर प्रशाद शर्माले आज उद्घाटन गरेका छन्। यो मेला ५ अप्रिल देखि १६ अप्रिल सम्म चल्ने छ। किरणमान चित्रकार द्वारा यो मेला लगाईएको छ। यहाँ चार पुस्तालाइ समेटेर नेपाल भारतको सम्बन्ध र संस्कृति चिनाउने ऐतिहासिक तस्बिरहरु लगाइएको छ।

Views: 102