Sajha Bichar
'

दिल्ली सरकार संग नेपाली एकेडेमी स्थापनाको माग राख्यो हाम्रो स्वाभिमान ट्रस्टले


Author Image
बिहिवार, चैत १३, २०८१

सुबास बस्नेत, नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) दिल्ली प्रदेश – सिक्किम नेपाली गोर्खा समुहका इन्चार्ज तथा हाम्रो स्वाभिमान ट्रस्टका सेन्ट्रल ट्रस्टी एवं संरक्षक अधिवक्ता प्रेम क्षेत्रीले दिल्ली सरकारकी मुख्य मन्त्रि रेखा गुप्तालाइ भेटेर भारत नेपाली एकेडेमीको माग गर्दै पत्र बुझाएका छन्। जुन भारत रहेका नेपाली भाषी गोर्खाली समुदायको लागि गर्वको विषय हो।

भारतीय संबिधानको आठौ अनुसूचीमा नेपाली भाषाले सन् २० अगस्त १९९२ मा मान्यता पाएको थियो। मान्यता पाए पनि सरकारी कामकाजमा यसको खासै महत्व देखिदैन। त्येसो त समय समय नेपाली भाषी गोर्खाली समुदायले नेपाली भाषाको विकासमा जोड दिनु पर्छ भनेर जोड दिदै आएका छन्।

Views: 91

प्रतिक्रिया

सम्बन्धित खबर