Sajha Bichar
'

दिल्लीमा ‘नेपाल महोत्सव २०२५’को तयारी, व्यापार, संस्कृति र पर्यटन विकासमा जोड


Author Image
बिहिवार, फागुन १५, २०८१

सुबास बस्नेत, नयाँ दिल्ली । भारतमा रहेका नेपाली ब्यबसायीहरुको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज तथा नेपाल राजदूतावास, नयाँ दिल्लीको संयुक्त आयोजनामा ‘नेपाल महोत्सव २०२५’ भव्य रूपमा मनाइने तयारी भइरहेको छ। बाराखम्बा रोड, नयाँ दिल्लीमा स्थित नेपाल राजदूतावास परिसरमा महत्सोव आयाजना हुने छ। अप्रिल ११, १२ र १३, २०२५ मा हुने महोत्सवमा एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज मुख्य आयोजक रहेको छ। त्यस्तै नेपाल राजदूतावास, नयाँ दिल्ली सहआयोजक बनेको हो ।

नेपाल महोत्सव २०२५ एक व्यावसायिक र सांस्कृतिक मञ्च ह। जसले उद्यमी, नीति निर्माता, लगानीकर्ता, सांस्कृतिक प्रेमीहरू, र सर्वसाधारण लाई एकसाथ ल्याउनेछ। यसको मुख्य उद्देश्य भारत-नेपाल आर्थिक सहकार्य, पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानलाई सशक्त बनाउनु हो।

नेपाल महोत्सव २०२५ का मुख्य विशेषताहरू:

  1. इन्डो-नेपाल व्यापार तथा लगानी शिखर सम्मेलन – व्यापार तथा उद्योग क्षेत्रका उच्चस्तरीय छलफलहरू।
  2. B2B & B2G नेटवर्किङ्ग बैठकहरू – सीमा पार व्यापार र लगानी अवसरहरू विस्तार गर्ने प्लेटफर्म।
  3. पर्यटन तथा यात्रा प्रवर्द्धन पवेलियन – नेपालका साहसिक, धार्मिक, र सांस्कृतिक पर्यटन गन्तव्यहरूको प्रदर्शनी।
  4. सांस्कृतिक भव्य समारोह – परम्परागत नृत्य, लोक संगीत, र ऐतिहासिक सांस्कृतिक प्रस्तुतिहरू।
  5. नेपाली परिकारहरू – म:म, सेल रोटी, ढिँडो लगायतका नेपाली परिकारहरूको विशेष अनुभव।
  6. आध्यात्मिक तथा स्वास्थ्य सत्रहरू – योग, ध्यान, र प्राकृतिक उपचार कार्यशालाहरू।

यो महोत्सवले सरकारी अधिकारीहरू, व्यापारिक नेताहरू, पर्यटन व्यवसायीहरू, कलाकारहरू, र हस्तकला व्यवसायीहरू लाई एकसाथ ल्याउनेछ, जसले भारत-नेपाल सम्बन्धलाई अझ प्रगाढ बनाउने र नयाँ आर्थिक साझेदारीहरू स्थापना गर्ने छ।

नेपाल महोत्सव २०२५ मा किन सहभागी हुने?

  1. नेपालको अनुभव भारतमै: नेपालका संस्कृति, हस्तकला, र व्यापार सम्भावनाहरू प्रत्यक्ष अनुभव गर्न अनौठो अवसर, विशेष व्यापार अवसरहरू: व्यापारिक जगतका प्रमुख व्यक्तित्वहरूसँग प्रत्यक्ष छलफल र साझेदारी गर्ने मौका।
  2. नेटवर्किङ्ग र सहकार्य: नीति निर्माताहरू, लगानीकर्ताहरू, तथा उद्यमीहरूसँग प्रत्यक्ष सम्पर्क।
  3. सांस्कृतिक र पर्यटन प्रवर्द्धन: नेपालका कला, नृत्य, संगीत, र सांस्कृतिक कार्यक्रमहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर।

नेपाल महोत्सव २०२५ सम्बन्धी थप जानकारीका लागि हामीलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्: @Nepal_Festival_India
Website: www.nepalfestival.in

सम्पर्कको लागि:
📞 +91 99113 16600 | +91 93500 20952 | +91 98186 16991 | +91 97176 27231
📧 इमेल: everest.chamber@gmail.com

Views: 174

प्रतिक्रिया

सम्बन्धित खबर