Sajha Bichar
'

हाम्रो स्वाभिमान ट्रस्टले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सालको पहिलो दिन परोपकारी कार्य गरेर आफ्नो काम सुरुवात गरेको छ।


Author Image
शुक्रवार, पौष १९, २०८१

नयाँ दिल्ली। हाम्रो स्वाभिमान ट्रस्टले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि वर्ष २०२५को पहिलो दिन परोपकारी कार्य गरेर आफ्नो काम सुरुवात गरेको छ। एक दशक भन्दा लामो समय देखि दिल्ली लगायत भारतका विभिन्न ठाउँहरुमा गरिब , दीन दुखि र आवश्यकता भएकालाइ आफ्नो सहयोग गर्दै आएको हाम्रो स्वाभिमान ट्रस्ट यो वर्षको पहिलो दिन श्री हरिहर वैदिक संस्कृत गुरुकुलम, बख्तावर दिल्लीका शिष्यहरुलाई न्यानो कपडा र खाद्य सामग्री वितरण गरको छ।

समाज सेवामा अग्रणी भूमिकामा रहेको हाम्रो स्वाभिमान ट्रस्टले प्रत्येक वर्ष गरिब तथा विपन्न र आवश्यक भएकालाइ नि:शुल्क नयाँ कपडा, कम्बल र खाद्य सामग्री वितरण गर्दै आएको छ ।यसै कार्यलाइ निरन्तरता दिदै यो वर्ष पनि ट्रस्ट की महिला अध्यक्ष अनिता ज्ञवालीको नेतृत्वमा नयाँ वर्षको अवसरमा श्री हरिहर संस्कृत गुरुकुलम, दिल्ली मा स्थित जरूरतमंद बच्चाहरु लाई न्यानो कपड़ा एवं भोजन सामग्री वितरण गरिएको छ ।

यस अवसरमा हाम्रो स्वाभिमान ट्रष्टका कार्यकारी अध्यक्ष शिबलाल ज्ञवालीले जरूरतमंदमा आत्मबल जगाएर सशक्तिकरण गर्नु हाम्रो परम कर्तव्य भनी बताउनु भएको छ। सो अवसरमा संस्थाका महासचिव अनिता क्षेत्रीले अत्यधिक चिसोमा गरिब जनतालाई संस्थाले सहयोग गर्न सक्ने गरी आवश्यक परेकालाई आर्थिक सहयोग गर्ने बताउनुभयो । यसको लागि ट्रस्टले निरन्तर सेवा जारी राख्नेछ।

सालको प्रथम दिनको शुभारंभमा ट्रस्टका सदस्यहरुले कम्बल वितरण गर्ने विशेष भूमिका नारायण श्रेष्ठ अध्यक्ष, सेन्ट्रल ट्रस्टि प्रेम क्षेत्री, कार्यकारिणी सदस्य करण खड़का, ओम प्रकाश शर्मा, उपाध्यक्ष महिला समिति कमला पोखरेल, हरिकला, मीना पंथी, बिन्दु सिंह, सृजना, बबीता, शोभा धर, प्रकाश राणा, पदम कार्की लगाएत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Views: 160

प्रतिक्रिया

सम्बन्धित खबर