नयाँ दिल्ली। प्रवासी नेपाली गुल्मी सम्पर्क मंच दिल्लीको तेस्रो अधिवेशन आइतबार वसन्तकुन दिल्लीमा सम्पन्न भएको छ। अधिवेशनले डम्बर अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरको छ। अधिकारीले संस्थामा पछिल्लो दुई कार्यकाल नेतृत्व गरि सकेका छन। आपसी समझदारीमा १५ सदस्यीय मुल कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
त्यस्तै कार्यसमितिमा निर्वाचित अन्य पदाधिकारीहरुमा मोहत भण्डारी- उपाध्यक्ष, गोकुल कुँवर- सचिव, एलबी गौतम – सहसचिव, बाबुराम भण्डारी – कोषाध्यक्ष, शंकर वीसी- सह-कोषाध्यक्ष, कार्यसमिति सदस्यहरुमा गोकर्ण बस्नेत, फटिकलाल ज्ञवाली, मिना बोहरा, राधिका थापा, तारा ज्ञवाली, विरू क्षेत्री, विष्णु थापा, उत्तम कुमार चयन भएका छन्।

समितिले तिन सदस्ययी सल्लाहकार समिति समेत चयन गरको छ। प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य योगराज अर्याल सल्लाहकार प्रमुख रहेका छन्। अन्य सल्लाहकारहरुमा मान बहादुर केसी र अमित कार्की छन्।
मूल समितिको मातहतमा रहने गरि कल्पना गौतमको अध्यक्षतामा २५ सदस्ययी महिला समिति गठन गरिएको छ। जसको उपाध्यक्ष पार्वती पराजुली, सचिव- कालिका थापा, सहसचिव – माया भण्डारी, कोषाध्यक्ष- कमल भण्डारी, सह-कोषाध्यक्ष- कपिला कार्की, सदस्यरु – गीता खत्री, कला श्रेष्ठ, सीता सिंह, मोना थापा, रेणुका महत, माया जीसी, तारा ठकुरी, अनिता कार्की, कल्पना बोहरा, स्वरस्वती केसी, सावित्रा घर्ति, सुनिता रेग्मी, सीता कुमारी, रोमा बरायली, माया थापा गरि २५ सदस्ययी महिला समिति गठन गरीएको छ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सल्लाहकार प्रमुख योगराज अर्याल, सल्लाहकारहरु मान बहादुर केसी र अमित कार्कीले माला र अबिर लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य योगराज अर्याल, नेपाल पत्रकार महासंघ भारत शाखा सचिव सुबास बस्नेत, प्रवासी नेपाली संघ भारत दक्षिण दिल्ली नगर समित अध्यक्ष मान बहादुर केसी, दक्षिण दिल्ली नगर समितका कोषाध्यक्ष गोकर्ण बस्नेत, यातायात ब्यबसायीहरु गोकुल कुंवर, अमित कार्की लगाएत विभिन्न संघ संस्थाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
डम्बर अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रमलाइ शंकर बीसीले संचालन गरेका थिए। त्यस्तै नेपाल पत्रकार महासंघ भारत शाखा सचिव सुबास बस्नेत प्रमुख अतिथिकोरुपमा उपस्थिति रहेका थिए।

