Sajha Bichar
'

हाम्रो स्वाभिमान ट्रस्ट द्वारा ११औं हरितालिका तीज महोत्सव-२०२४ सम्पन्न


Author Image
आइतवार, भदौ २३, २०८१

नयाँ दिल्ली । हाम्रो स्वाभिमान ट्रस्टले ११औं हरितालिका तीज महोत्सव-२०२४ नयाँ दिल्लीमा भव्यताका सम्पन्न गरेको छ। नयाँ दिल्ली स्थित तालकटोरा इंडोर स्टेडियममा शुक्रबार कार्यक्रम सम्पन्न भएको छ। बीजेपी नेता अशोक ठाकुर, इंचार्ज ऑफ़ ऑल बीजेपी सेल्स द्वारा कार्यक्रमको उद्धघाटन गरिएको थियो। दिउसो को १ बजे देखी सुरु भएको कार्यक्रम बेलुकी ८ बजे सम्म चलेको थियो। कार्यक्रममा दिल्ली एन.सी. आरमा रहने करिव २५ हजार भन्दा बढी नेपाली भाषी जनताको उपस्थिति रहेको थियो। स्टेडियम भित्र भन्दा बाहिर दर्शकको भिड धेरै देखिन्थियो। हजारौ दर्शक भित्र ठाऊ नपाएर बाहिर नेपाली पंचे बाजामा झूमी रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा लोकसभा साम्सद राजु बिष्ट उपस्थित थिए। त्यस्तै विशिष्ट अतिथिहरुमा अभिनव अय्यर- महाप्रबंधक मुथुड ग्रुप, राजेंद्र सिंह – संस्थापक एभिएस डेरी, उमेश तनेज़ा -ग्लोबल हेल्केयर, कंचन गुरुंग – संस्थापक कंचन डिकोरेटर्स, विष्णु गुरुंग, धर्मराज थापा, मीना देवी, ओम् प्रकाश शर्मा, लक्ष्मी बराल जस्ता प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

तीजको दिन नारीहरुको निर्जला उपवास भएता पनी उनको उमंग र जोश झल्किए रहेको थियो। आफ़नो नेपाली सांस्कृतिक पहिचानलाइ प्रस्तुत गर्दै नारीहरु रातो सारीमा सजिएका थिए। नृत्यले कार्यक्रममा उत्साहका साथ सबै लाई ऊर्जा प्रदान गरेको थियो। हरितालिका तीज महोत्सवमा विभिन्न कार्यक्रमहरु आकर्षणका केंद्र रहेका थिए। जसमा राष्ट्रीय पुरस्कार समारोह, साथै डॉक्टर युवराज भट्टराई (साहित्य पुरस्कार पुरस्कृत) नेपाली भाषामा पहिलो पुस्तक “अन्तर्नाद” को विमोचन समारोह, नेपाली फ़िल्म “यो मन त मेरो नेपाली हो” को प्रमोशन एवं सांस्कृतिक कार्यक्रम समेत कार्यक्रमका प्रस्तुति गरिएको थियो ।

ट्रस्टले प्रत्येक वर्ष विभिन्न विधामा प्रदान गर्ने पुरस्कार यस वर्ष पनि निरन्तरता दिएको छ। जसमा नेपाली साहित्य पुरस्कार -२०२४ उत्तम क्षेत्रीलाई प्रदान गरिएको छ। श्रीमती गीता शर्मालाई नेपाली साहित्य पुरस्कार पद्य-२०२४ ले विभूषित गरिएको । श्रीमति शीला लामालाई नेपाली साहित्य पुरस्कार गद्य-२०२४, तथा दीपक राईलाई नेपाली साहित्य पुरस्कार पत्रकारिता-२०२४ से सम्मानित गरिएको थियो।

समाज सेवाका लागी गोरखा समाजका प्रतिष्ठित वरिष्ठ समाजसेवी राजू शंकर र शिरीष राईलाई सम्मानित गरिएको थियो। सांस्कृतिक कार्यक्रम अत्यन्तै रोचक अनी आकर्षक रहको थियो। पंच पंडित द्वारा शांति पाठ, शास्त्रीय संगीतको गुणी कलाकार रंजना अय्यर द्वारा गणेश वंदना, अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार सुमित्रा कोइराला, पन्नु गज़मे- नटराज कला केंद्र दार्जिलिंग, अभिनेता रोशन श्रेष्ठ, निर्माता शिवम् अधिकारी, कल्पना बिस्ट, सोनू अन्नू -त्रिलोकी ग्रुप, प्रिया टेरेसा, रंजिता सुंदास, विनोद लाबर, विक्रम खत्री, निशु ग्रुप लगाएत् विभिन्न स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिहरु रहेको थियो ।

हरितालिका तिजको कार्यक्रम सफल पार्नको लागि महिनौ देखि अहोरात्र खटेर योगदान दिने ट्रस्टका सम्पुर्ण पदाधिकारी तथा सदस्यलाई महासचिव अनीता छेत्रीले धन्यवाद समेत ज्ञापन गरिकी थिइन्। संस्थाका पदाधिकारीहरु नारायण श्रेष्ठ-अध्यक्ष, शिबालाल ज्ञवाली- कार्यकारी अध्यक्ष, डॉक्टर युवराज भट्टराई-राष्ट्रीय सचिव, अनीता ज्ञवाली – महिला अध्यक्ष, कमला पोखरेल- महिला उपाध्यक्ष, सक्रिय सदस्यहरुमा हरिकला गैरे, मीना पंथी, बिंदु, श्रीजना, निहारिका,करन खड़का,रबी दियाली, सुष्मिता सिंचुरी, सपना राई, अमित सुब्बा, प्रकाश राणा, प्रकृति, पवन, कुसुम लगाएत समस्त हाम्रो स्वाभिमानका कार्यकारिणी सदस्यहरु द्वारा कार्यक्रमको सफल आयोजन गरिएको थियो।

Views: 228

प्रतिक्रिया

सम्बन्धित खबर