Sajha Bichar
'

प्रवासी नेपाली संघ भारत दक्षिण दिल्ली नगर समितिको १३औं नगर सम्मेलन सम्पन्न


Author Image
सोमवार, भदौ १०, २०८१

नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समिति मातहात संचालित दक्षिण दिल्ली नगर समितिको १३औं नगर सम्मेलन आइतबार सरोजिनी नगर स्थित सम्पन्न भएको छ। बिबिध कारण बस रोकिएको सम्मलेन लामो समयको अन्तरालमा सम्पन्न भएको छ। सम्मलेनले मान बहादुर केसीको अध्यक्षतामा एघार सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ। महिला दिदि बहिनिहरुको महान पर्व हरितालिका तिजको पुर्व संध्यामा विशेस मौलिक नाचगान र दर खाने कार्यक्रम सहित सम्मलेन सम्पन्न गरिएको छ।

संघका केन्द्रिय सचिवालय सदस्य तथा स्कुल भिभाग उपप्रमुख राम प्रसाद पराजुली प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। त्यस्तै बिशिष्ट अतिथिहरुमा अनेरास्ववियुका केन्द्रीय सचिव डा. सुजन कडायत, प्रोफेसर डा. यादव हुमागाई र अतिथिहरूमा संघका केन्द्रीय सचिवालय सदस्य तथा दिल्ली राज्य इन्चार्ज सूर्य बस्याल, केन्द्रीय सचिवालय सदस्य एन बि थापा, केन्द्रिय सदस्यहरू बिर बहादुर गजमेर, जुद्ध जि टि, सुबास बस्नेत, केन्द्रिय सल्लाहकार परिषद सदस्य द्वय योगराज अर्याल, दिल खत्री, पुर्व केन्द्रीय सदस्य गोपाल थापाको उपस्थिति रहेको थियो।

त्यस्तै गरि दिल्ली राज्य समितिका अध्यक्ष देवेन्द्र श्रेष्ठ, उपाध्यक्ष कमल पंडित, सचिव खडानन्द शर्मा, सहसचिव दुर्गा कार्कि सदस्यहरू नानिसरा थापा, बिस्नु पौडेलको उपस्थिति रहेको थियो। जन सम्पर्क समितिको तर्फ बाट सुनिता कुंवर, एकता समाज बाट राम धमला, संघका पुर्व जिम्मेवार टेकलाल श्रेष्ठ, इन्जिनियर नविन पराजुली, हाम्रो स्वाभिमान ट्रस्ट हरिद्वार दिल्ली राज्य अध्यक्ष रमेश बस्नेत लगायतका बिभिन्न संघ संस्थाका प्रतिनिधि, बिभिन्न ब्यावशायिक प्रतिनिधिहरूको समेत उपस्थिति र शुभकामना रहेको थियो।

नवनिर्वाचित नगर समितिको उपाध्यक्ष ध्वज खाति, सचिव तुलसी राम ढकाल, सह-सचिव के पि शर्मा, आर्थिक प्रमुख गोकर्ण राज बस्नेत र कार्यसमिति सदस्यहरुमा डम्बर बहादुर अधिकारी, बाबुराम भण्डारी, बिस्नु प्रसाद भट्ट, गोपाल कुवंर, अनिता राना मगर, टेक बहादुर कडायत, आस बहादुर शारु गरि ११ सदस्यीय समिति गठन गरिएको छ। त्यस्तै सल्लाहकारहरूमा भिस्म अर्याल, गुणानिधि गैरे, भुजेन्द्र के सि लगायतलाई निर्वाचित गर्दै नया नेतृत्व चयन गरेको छ। प्रा. स र नगरका नवनिर्वाचित कार्यकर्तालाई संघका केन्द्रीय सदस्य तथा दिल्ली राज्य इन्चार्ज सूर्य बस्यालले सपथ ग्रहण गराएका थिए। कार्यक्रममा बिस्नु प्रसाद भट्टराई (अ) को नेतृत्वमा ९ सदस्यिय पंचशिल प्रा स, राम चन्द्र खड्का को नेतृत्वमा ५ सदस्यिय साकेत प्रा स, ए बि थापाको नेतृत्वमा ५ सदस्यिय मालविय नगर प्रा स, र बुद्ध रावलको नेतृत्वमा ७ सदस्यिय छत्तरपुर प्रा स समेत गठन गरेको छ।

समाजसेवी गुणनिधि गैरे, जुद्ध जि टि, योगराज अर्याल बिमल राज पौडेल, सूर्य बस्याल सहितका केही जिम्मेवारको बिशेष पहल र सिता जि टि, शान्ति क्षेत्री लगायतको बिशेष सहयोगमा उपस्थित सबैलाई मिठो दर (भोजन) को ब्यावस्था समेत गरिएको थियो। मौलिक तिज गितमा नाच्दै र गाउदै विशेस रमाइलो गरेका थिए।

कार्यक्रममा ९२ वर्षीय वृद्द भुमा अर्याललाई प्रमुख अतिथि राम प्रसाद पराजुलीले दोशल्ला ओडाएर सम्मान गरेको थिए। कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य योगराज अर्यालको बिशेष पहलमा डम्बर अधिकारीको नेतृत्वमा लगभग बिस जना नेता तथा कार्यकर्ताहरुले प्रवासी नेपाली संघ भारतमा प्रवेस गरेका छन् ।

भिष्म अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राम प्रसाद पराजुलीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्‍घाटन गरेका थिए। त्यस्तै केद्रीय सदस्य सुबास बस्नेतको स्वागत मन्तब्य र केन्द्रिय सदस्य विमलराज पौड्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Views: 430

प्रतिक्रिया

सम्बन्धित खबर