Sajha Bichar
'

प्रधानमन्त्री ओली र प्रवासी नेपाली संघ भारतको उच्च स्तरीय प्रतिनिधि टोली बीच ११ बुदे ज्ञापन पत्र सहित भेटवार्ता,


Author Image
आइतवार, भदौ ९, २०८१

काठमाडौंमा । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र प्रवासी नेपाली संघ भारतको उच्च स्तरीय प्रतिनिधि टोली बीच प्रधानमन्त्री निवासमा बालुटारमा शनिवार छलफल भएको छ। छलफल पश्चात प्रतिनिधि टोलीले ११ बुदे ज्ञापन पत्र समेत बुझाएको छ। नेकपा एमाले केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरी घिमीरेको नेतृत्वमा पुगेको टोलिले छलफल गरेको हो ।

प्रधानमन्त्री ओलीलाइ भेट्नु भन्दा पहिले नै शुक्रबार टोलीले एमालेका महासचिव शंकर पोखरेल, संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी र सचिब माधब ढुङ्गेल, पार्टी केन्द्रीय कार्यालय सचिब तथा पूर्ब संबिधान सभा सदस्य डाक्टर भीष्म अधिकारी र पार्टी केन्द्रीय सदस्य नबीना लामासँग समेत छुट्टा छुट्टै भेट गरेको थियो।

छलफलमा विशेस गरि भारत प्रवासमा आम नेपालीहरुले भोग्नु परेका समस्यालाई दर्शायर ज्ञापन पत्र बुझाइएको छ। त्यसो त नेकापा एमालेका शिर्ष नेता र प्रवासी नेपाली संघ भारतको यो पहिलो छलफल होइन। विभिन्न नेतृत्वका क्रममा दर्जनौ ज्ञापन पत्र बुझाइ सकिएको छ। ज्ञापन पत्र बुझाउन भन्दा पनि कति पत्रमा उल्लेखित कति बुदाले गति पाउछन भन्ने विशेस महत्त्व राख्दछ।

नेकपा एमाले केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरी घिमीरेको नेतृत्वमा प्रवासी नेपाली संघ भारतका केन्द्रिय अध्यक्ष नारायण प्रसाद होमागाई र केन्द्रिय उपाध्यक्ष सीता अधिकारीको उपस्थिति रहेको थियो। त्यस्तै प्रवासी नेपाली संघमा लामो समयसम्म जिम्मेवारी निर्वाह गरी स्वदेश फर्केपछि पार्टीको विभिन्न जिम्मवारीमा रहेर काम गर्दै आएका पुर्व प्रवासी नेताहरु लक्ष्मण रायमाझी, रामलाल काफ्ले, लोकनाथ भण्डारी, टिका पौडेल, गुरु प्रसाद शर्मा समेत प्रतिनिधि मण्डलमा सहभागी रहेका थिए।

Views: 565

प्रतिक्रिया

सम्बन्धित खबर