Sajha Bichar
'

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री ज्युसँग प्रवासी नेपाली संघका ईन्चार्ज हरि प्रसाद घिमिेरे को नेतृत्वमा


Author Image
शनिवार, भदौ ८, २०८१

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री ज्युसँग प्रवासी नेपाली संघका ईन्चार्ज हरि प्रसाद घिमिेरे को नेतृत्वमा आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवासमा भेटघाट गरी ज्ञापन पत्र बुझाएकोछ। प्रतिनिधि मण्डलमा प्रवासी नेपाली संघ भारतका अध्यक्ष नारायण प्रसाद हुमागाई उपाध्यक्ष सिता अधिकारी लगायत पूर्व प्रवासि नेपाली संघमा लामो समयसम्म जिम्मेवारी निर्वाह गरी स्वदेश फर्केपछि पार्टीको विभिन्न जिम्मवारीमा रहेर काम गर्दै आउनु भएको क.लक्ष्मण रायमाझी क.रामलाल काफ्ले क.लोकनाथ भण्डारी क.टिका पौडेल क.गुरु प्रसाद शर्मा ज्युहरु समेत प्रतिनिधि मण्डलमा सहभागी हुनुभएको थियो।साथै नेकपा एमाले का श्रदेय महासचिव कमरेड शंकर पोखरेल ज्युलाई पनि भेटघाट गरि प्रवासमा रहनुभएका प्रवासि नेपालीहरुका ज्वलन्त समस्या सहित देशभित्र फर्किसक्नु भएका पुर्व प्रवासि नेपाली हरुलाई समेत व्यावस्थापन अनिवार्य गर्नुपर्ने विषयमा लिखित सुझाव पेश गरिएको छ।

Views: 167

प्रतिक्रिया

सम्बन्धित खबर