Sajha Bichar
'

प्रवासी नेपाली संघ भारतको उच्च स्तरीय प्रतिनिधि टोली र नेकपा एमालेका शिर्ष नेता बिच काठमाडौंमा छलफल


Author Image
शुक्रवार, भदौ ७, २०८१

काठमाडौंमा । प्रवासी नेपाली संघ भारतको उच्च स्तरीय प्रतिनिधि टोली र नेकपा एमालेका शिर्ष नेता बीच शुक्रबार काठमाडौंमा भारत प्रावासमा रहेका आम प्रवासी नेपालीका मुद्दालाइ लिएर एक छलफल भएको छ। नेकपा एमाले केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरी घिमीरेको नेतृत्वमा पुगेको टोलिले छलफल गरेको हो।

नेकपा एमालेका महासचिव शंकर पोखरेल, संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी र सचिब माधब ढुङ्गेल, पार्टी केन्द्रीय कार्यालय सचिब तथा पूर्ब संबिधान सभा सदस्य डा. भीष्म अधिकारी र पार्टी केन्द्रीय सदस्य नबीना लामासँग छुट्टा छुट्टै भेट गरिएको छ। भारत प्रवासमा पार्टीको कामको अवस्था, आगामी योजना, प्रवासी नेपालीका समसामयीक विषयमा विशेस छलफल गरिएको छ।

नेकपा एमाले केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरी घिमीरेको नेतृत्वमा प्रवासी नेपाली संघ भारतका केन्द्रिय अध्यक्ष नारायण प्रसाद होमागाई, केन्द्रिय उपाध्यक्ष सीता अधिकारी, संघका पुर्व अध्यक्ष लोकनाथ भण्डारी, संघका पुर्व महासचिव टीका पौडेल लगाएत पुर्व प्रवासी नेताहरुको उच्च स्तरीय प्रतिनिधि टोली बिच भारत प्रवासको पार्टी कामको बिषयमा छलफल भएकोछ ।

Views: 114

प्रतिक्रिया

सम्बन्धित खबर