Sajha Bichar
'

इस्कोन विराटनगरद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा जैन भवन विराटनगरमा भव्य कार्यक्रमको आयोजना हुदै


Author Image
सोमवार, भदौ ३, २०८१

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को लागि मायापुरबाट इस्कोनको अन्तर्राष्ट्रिय ब्यबस्थापन समितिका (जी. बि. सि.) रिजनल सेक्रेटरी एवम् अन्तर्राष्ट्रिय गुरु श्री श्रीमद् महाविष्णु महाराजको उपस्थिति सहित इस्कोन विराटनगरले २०८१ भाद्र १० गते कृष्ण पक्ष अष्टमी तिथि सोमबारका दिन जैन भवन विराटनगरमा बिहान ८ बजेदेखि राति १२ बजेसम्म- श्रीकृष्ण जन्माष्टमी महामहोत्सव भव्य रुपमा आयोजना गर्ने भएको छ ।

विराटनगरको जलजला चोक, रङ्गेली रोड- (नबिल बैंकको माथि) रहेको इस्कोन विराटनगरले भब्य रुपमा आयोजना गर्ने भएको हो । संसारभरि हरिनाम संकिर्तन र वैदिक ग्रन्थहरूको वितरण एवं वैदिक सनातन धर्मको प्रचार गर्ने स्वामीज्यूको जन्म बेलायतमा भएको हो । इस्कोनका संस्थापक आचार्य श्रील प्रभुपादजीको शिष्य परमपुज्य महाविष्णु स्वामी महाराज यसपाली श्रीकृष्ण जन्माष्टमीमा पहिलोपटक विराटनगर आउँदै हुनुहुन्छ ।

हजारौं भक्तजनहरूको सहभागिता हुने उक्त जन्माष्टमीको कार्यक्रममा भक्तिवेदान्त गुरुकुलका ब्रह्मचारीद्वारा यज्ञ, परमपुज्य महाविष्णु महाराजद्वारा प्रवचन, भगवान श्री राधाकृष्णको अभिषेक, दर्शन, इस्कोनको अन्तर्राष्ट्रिय टिम द्वारा सांस्कृतिक कार्यक्रम र सबै आगन्तुक भक्तजनहरुलाई बिहान ११ बजेदेखि प्रसाद वितरण गर्ने इस्कोनका पदाधिकारीले बताउनुभएको छ । इस्कोन विराटनगरले सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई जैन भवनमा हुने उक्त धार्मिक, सामाजिक एवम् आध्यात्मिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

Views: 403

प्रतिक्रिया

सम्बन्धित खबर