Sajha Bichar
'

प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समिति द्वारा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना ।


Author Image
सोमवार, साउन ७, २०८१

नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिले आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रम आइतबार मोडल टाउन दिल्ली स्थित सनातन धर्म मन्दिरमा सम्पन्न भएको छ।

दिल्ली राज्य समिति अध्यक्ष देवन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाइ राज्य सचिव खडानन्द शर्माले संचालन गरेका थिए। कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरे प्रमुख अतिथिकोरुपमा उपस्थित थिए। त्यस्तै प्रवासी नेपाली संघ भारतका केन्द्रिय अध्यक्ष नारायण होमागाई, केन्द्रिय उपाध्यक्ष सीता अधिकारी विशिस्ट अतिथिकोरुपमा उपस्थित थिए।

दिल्ली भूगोल बाट केन्द्रमा प्रतिनिधित्व गर्ने सचिवालय सदस्य, केन्द्रिय सदस्य, केन्द्रि सल्लाहकार परिषद सदस्य, दिल्ली राज्य समितिमाका सदस्यहरु कार्यक्रम उपस्थित रहेका थिए।

केन्द्रिय सचिवालय सदस्य तथा दिल्ल्ली राज्य सह-इन्चार्ज जीवन शर्माको कुशल ब्यबस्थापनमा कार्यक्रम सम्पन्न गरीएको थियो।

Views: 160

प्रतिक्रिया

सम्बन्धित खबर