नयाँ दिल्ली। योगऋषि स्वामी रामदेव जीको संरक्षण तथा आयुर्बेद शिरोमणि आचार्य बालकृष्ण जीको निर्देशनमा संचालित सामाजिक संस्था हाम्रो स्वाभिमान ट्रष्ट (पतंजलि हरिद्वार)ले २१०औं भानु जयन्तीको अवसरमा आइतबार १४ जुलाई २०२४ का दिन नयाँ दिल्लीमा एक विशेस कार्यक्रम सम्पन्न गरेको छ। आदि कवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तिको अवसरमा नेपाली भाषि समुदाय विच दिल्ली राज्य स्तरिय कविता वाचन तथा स्रष्टा अभिनन्दन कार्यक्रम आयोजना गरेको हो। नयाॅं दिल्लीको चित्तरंजन पार्कस्थित बिपिन चन्द्रपाल ऑडिटोरियममा कार्यक्रम आयोजना गरिएको थियो।

दिल्ली राज्य स्तरिय कविता वचन प्रतियोगितामा दृष्टि क्षेत्री प्रथम, अस्मिता पराजुली द्वितिय, दीपिका पंथी तृतिय र निर्मला पुनले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै सम्पूर्ण सहभागीलाई सहभागिताको प्रमाण-पत्र प्रदान गरीएको थियो। कविता वचन प्रतियोगितामा विजयी हुनेलाई नगद पुरस्कार, प्रतीक र सम्मानपत्र प्रदान गरिएको छ। कविता वाचन प्रतियोगितामा ५ देखि २५ बर्ष सम्मका कुल २३ जना सहभागी थिए। प्रतियोगितामा सहभागि १० वर्ष मुनिका बाल बालिकाहरूलाई १५ अङ्क, १० देखि १५ वर्ष सम्मका सहभागिहरूलाई १० अङ्क, १५ देखि २० वर्ष सम्मका सहभागी हरुलाई ५ अंक अतिरिक्त दिने नियम राखिएको थियो।
१४ जुलाई २०२४ आयोजित राज्य स्तरिय कविता वाचन प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिहरुले प्रत्येक राज्यबाट सोहि दिन बेलुकी ०७:०० बजे ऑनलाइन/ जुम मार्फत राष्ट्रिय स्तरको कविता वाचन प्रतियोगिताका लागि सहभागि भएका थिए।
राष्ट्रिय स्तरको कविता वाचन प्रतियोगीतामा मालती देवी, (असम)ले प्रथम स्थान हासिल गरिकी छन्। त्यस्तै आरति धिताल द्वितिय र यशराज पौडेल तृतिय हुन् सफल भए। त्यस्तै दृष्टि क्षेत्रि, दीपिका पन्थी, ध्रुवराज भट्टराईले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। प्रथम, द्वितिय र तृतिय ले क्रमश: ₹२१,०००/- ₹१५,०००/- ₹११,०००/- नगद राशी, प्रमाणपत्र प्राप्त गरेका थिए।

कविता वाचन प्रतियोगिताका निर्णयक मण्डलमा युवा कवि रोहित लामगादे, स्वामी जनार्दनाचार्य र डा.नारायण दत्त सुबेदी गरि तिन सदस्यी रहेको थिय।
स्वामी जनार्दनाचार्य, कवि रोहित लामगादे, डा. नारायण दत्त सुबेदी, प्रो. डा. युवराज पोखरेल, कर्णल शुकुल प्रधान, प्रो. ओमनाथ बिमली, डा. विजय कुमार सिंह, विनायक हेगड़े द्वारा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको सुभारम्भ गरिएको थिए।
हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले प्रतेक वर्ष प्रदान गर्ने लाईफ टाइम अचिभमेन्ट एवार्डले यस वर्ष कर्णल शुकुल प्रधान र साउथ एशियन विश्वविद्यालयका प्रो. श्री डा. युवराज पोखरेललाई सम्मान गरिएको थियो। उहाँहरुले सामाज प्रति पुर्यायको योगदानको कदर गर्दै ट्रष्टले पुरस्कार प्रदान गरेको हो। प्रमुख अतिथि बद्री तिवारी, काउन्सिलर नेपाली राजदुतावासले दुवैलाई दोसल्ला, फुल माला एवम् साईटेसन प्रदान गरी विशेष अभिनन्दन गरेका थिए ।
यसै अवसरमा हिन्दी भाषामा ईशान आश्रमका महेश दत्त शर्मा द्वारा लेखिएको पुस्तक “जाना है गंगा पार” लाई डा. नारायण दत्त सुबेदिले नेपाली भाषामा उल्था गरिएको “जानु छ गंगा पारी” पुस्तकको लोकर्पण समेत गरिएकाे थियो।

हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले नेपाली भाषा, संस्कृति, साहित्य, एवम् संस्कारको सम्बर्धन, प्रवर्धन एवं बिकासको लागि कार्य गर्दै आएको छ। यस वर्ष पनि नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१०औ जन्म जयन्तिको अवसर पारेर भारतभरीबाट राज्य एवम् राष्ट्रिय स्तरमा “स्रष्टा एवम् अभियन्ता अभिनन्दन तथा कविता वाचन प्रतियोगिता” सम्पन्न गरेको छ।
हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले नेपाली भाषी समाजलाई आफ्नो भाषा, संस्कृति, साहित्य, संस्कार एवम् गौरवशाली इतिहासको साक्षात्कार गराउदै आफ्नो ब्यापार ब्यवसाय पेशा नोकरी इत्यादीमा उन्नति प्रगतिको शिखर चढ्दै गर्दा नेपाली जाति हुनुमा गर्व गर्न सक्ने वातावरण निर्माण गर्न आफ्नो स्थापना काल देखि नै निरन्तर लागिरहेको र भारत बाहिर यूरोप बाट अमेरिका हुदै बिश्वभरिका नेपालीभाषीहरु बिच यस अभियानलाई पुर्याउने प्रकृया अगाडी बढिसकेको जानकारी संस्थाका केन्द्रिय मुख्य संयोजक योगगुरु डाॅ. मोहन कार्कीले गराउनु भयो।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावास बाट फाईनान्स काउन्सिलर बद्री तिवारी, एवम् अतिथिहरु प्रो. श्री ओमनाथ बिमली , श्री डा.युवराज पोखरेल, कर्णल श्री शुकुल प्रधान, ईशान आश्रम बाट डा. विजय कुमार सिंह , विनायक हेगड़े, जड़ीबुटी व्यवसाय संघ नेपालका अध्यक्ष सीए प्रेम तिवारी लगाएतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
दिल्ली राज्य समितिका अध्यक्ष तेजराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाइ दिल्ली राज्य महिला समिति सल्लाहकार मीनु भुसाल तथा पूनम शर्माले संयुक्त रुपमा संचालन गरेका थिए। हाम्रो स्वाभिमान ट्रष्टका केन्द्रिय यूवा प्रभारी वेद प्रकाश शर्माले संस्थाको परिचय एवम् गतिविधिका बारेमा जानकारी गराएका थिए। हाम्रो स्वाभिमान ट्रष्ट दिल्ली राज्य समितिका नवनिर्वाचित अध्यक्ष रमेश बस्नेत उपस्थित सम्पूर्णलाइ धन्यावाद ज्ञापन गरेका थिए ।
