Sajha Bichar
'

हरियाणाको गुरुग्राम देखि सात वर्षीय छोरी सहित एक महिला लापत्ता, युवक माथि लापत्ता गराएको आशंका


Author Image
मङ्गलवार, साउन १, २०८१

नयाँ दिल्ली। हरियाणाको गुरुग्राम देखि सात वर्षीय छोरी सहित एक महिला लापत्ता भएकि छन्। यो घटनामा एक युबकले लापत्ता गराएको आशंका गरिएको छ। अन्दाजी २५-३० वर्षको देव भनेर आफुलाई चिनाउने तर परिचय नखुलेको व्यक्ति जस्को भारतीय आधारकार्डमा बिट्टू लाल नाम छ। स्पस्ट नेपाली बोल्ने व्यक्ति गुरुग्रामको राजिव नगर गली न ५ बसोबास गर्नेले नजिकै भाडामा बस्दै आएका खिमराज पन्थकी श्रीमती उषा पन्थ र ७ वर्षीय छोरी उनिशा पन्थलाई गत १७ जून २०२४ देखि कतै लगेर लुकेर बसेको अथवा कुनै अपराधिक कार्य गरेको भन्ने पिडित खिमराज पन्थको भनाई छ।

उक्त दिन पश्चात दुवै जनाको मोबाइल बन्द रहेको छ। पिडित खिमराज पन्थ र माइती पक्ष समेत मिलेर खोजि कार्य भई रहेको तर अझै सम्म पनि कुनै जानकारी नआयको उनको भानाइ छ। करिव महिना दिन सम्म पनि श्रीमती र छोरी को पत्ता नलाग्दा खिमराज अब सामाजिक संघ संगठन र मिडियालाइ खोजि कार्य गरिदिन गुहार लगाउदै हिडेका छ। परिवार, नातेदार र संगठन समेत खोजि कार्यमा लागेको तर अझै सम्म पनि आरोपी र आमा-छोरी पक्राउ गर्न नसकीएको प्रवासी नेपाली संघ भारत दिल्ली राज्य सचिव खडानन्द शर्माले साझा विचार संगको कुराकानीमा बताए। यदि कही कतै फेला परेमा नजिकको प्रहरी कार्यालय अथवा निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन। ८१०८७५५३७९, ९९७१५८८३८५, ९९९९९७२३१९ ।

Views: 38

प्रतिक्रिया

सम्बन्धित खबर