काठमाडौँ। ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने भएको छ। बिहीबार राजधानीमा आयोजित प्रेस मिट्मा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने बारे घोषणा गरिएको हो।
ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ को फर्म आगामि अप्रिलमा खुल्नेछ। १८ वर्ष उमेर नाघेका विश्वभरका नेपाली महिलाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन्। भेन्चरकी प्रमुख कार्यकारी अधिकृत सबि पुरीले यो प्रतियोगिताबारे घोषणा गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको बताइन्।
‘हामी नयाँ सोच लिएर आएका छौं। उर्जावान र समर्पित टिमले कार्यक्रमलाई भव्य बनाउँनेछौं,’ पुरीले भनिन्। उनले यो वर्षदेखि मिस युनिभर्स नेपालको आयोजक परिवर्तन भएको जानकारी दिइन्। नेपालमा द हिडन टे«जरले मिस युनिभर्सको आयोजना पश्चात यो तेस्रो पटक हेरफेर हो। यसअघि उमंग क्रियसनले आयोजना गरेको थियो।
