Sajha Bichar
'

मदन भंडारी इस्पोर्ट एकेडेमी इन्डियाले दिल्लीमा आयोजना गरेयो खुल्ला पुरुष भलिवल प्रतियोगिता- २०२४


Author Image
शनिवार, पौष २८, २०८०

मदन भण्डारी फाउन्डेसन अंन्तर्गत संचालित मदन भंडारी इस्पोर्ट एकेडेमी नेपालले छिमेकि राष्ट्र भारतमा वैधानिकता पाए संगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आएको छ । सबैका लागि खेलकुद भन्ने भावनालाई आत्मसात गर्दै खेलकुदलाइ जीवनको अभिन्न अंग बनाऔ भन्ने मूल नाराका साथ भारतीय गणतन्त्र दिवसको अवसरमा यहि २६ देखि २८ जनवरी २०२४ मा भारत भरि छरीएर रहेका नेपाली भलिबल प्रेमी खेलाडीहरुलाई एकत्रित गर्दै सेक्टर – ७ आरके पुरम, नयाँ दिल्ली (मलाई मन्दिर पार्क) स्थित “अन्तर प्रवासी नेपाली भलिवल प्रतियोगिता-२०२४” आयोजना गरेको इचार्ज तथा संस्थापक गोपाल थापाले बताए।

एकेडेमीका इचार्ज तथा संस्थापक गोपाल थापा र उपाध्यक्ष पदम गाहा लगाएतको एकेडेमीको टिमले नेपाली राजदुतावास नयाँ दिल्लीमा डीसीएम सुरेन्द्र थापा र कल्चरल काउन्सलर गोकुल बस्नेत संग भेटवार्ता सहि निमन्त्रणा गरेको छ। भलिवल खेलको उद्घाटन र समापनमा डीसीएम सुरेन्द्र थापा र कल्चरल काउन्सलर गोकुल बस्नेत उपस्थिति रहने उपाध्यक्ष पदम गाहाले बताए।

खेल यहि २६ देखि २८ जनवरी २०२४ मा सेक्टर – ७ आरके पुरम, नयाँ दिल्ली (मलाई मन्दिर पार्क) स्थित आयोजना गरिएको र उक्त खेलमा दिल्ली एनसीआर लगाएत भारत भरि रहेका नेपाली भलिबल प्रेमी खेलाडीहरुलाई सहभागिता जनाउनको लागि अनुरोध गरिएको छ।

Views: 14

प्रतिक्रिया

सम्बन्धित खबर