Sajha Bichar
'

अरुसँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन हुँदैन : अध्यक्ष केपी शर्मा ओली


Author Image
शुक्रवार, पौष २७, २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक सङ्गठन र संस्थासँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन नहुने बताएका छन् । 

अखिल नेपाल महिला सङ्घको तेस्रो बैठकलाई आज सम्बोधन गर्दै उनले आफ्नो अस्थित्वसहित अरुसँग सहकार्य गर्न र सहभागिता जनाउन आग्रह गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिए।

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफैँ विज्ञ हुनुपर्ने बताए । उनले महिलाले सङ्गठित वा असङ्गठितरूपमा देशका हरेक परिवर्तनमा योगदान रहेको उल्लेख गर्दै राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय रहेको बताए । 

Views: 63

प्रतिक्रिया

सम्बन्धित खबर