मानव कल्याण मित्र मञ्च भारतले आज 7 जनवरी, 2024 का दिन एक विशेष कार्यक्रमका बीच दिल्लीमा निशुल्क न्यानो कपाडा, दैनिक उपभोग्य राशन जस्ता सामग्री बितरण गरेको छ । संस्थाले बिगत लामो समय देखि यस्ता पुण्यका कार्यहरु गर्दै आएको छ ।
संस्थाले श्रीनिवास संस्कृत विद्या पीठ (गुरुकुल) इब्राहिमपुर, बुरारी दिल्लीमा 62 विद्यार्थी र 10 कर्मचारी, विनायक नेत्रहीन कन्या छात्रावास सन्तनगर बुरारीमा 80 दृष्टिविहीन छात्रा र 12 कर्मचारी यो संस्थाका अध्यक्ष श्री दशरथ ज्ञवाली उहा आफै दृष्टिहीन हुनुहुन्छ। जसले संस्था चलाइरहनुभएको छ। त्यस्तै आदर्श नेत्रहीन महाविद्यालय बालिका छात्रावास क्रस रोड, सन्तनगर बुरारीमा 23 दृष्टिविहीन छात्रा र 7 कर्मचारीहरूलाइ संस्थाले न्यानो टोपी र मोजाहरू दान गरेका छ। साथै चामल, आटा, दाल, तेल लगाएतका दैनिक उपभोग्य राशन सहयोग गरको छ।
सहयोग कार्यक्रममा मानव कल्याण मित्र मञ्च भारतका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद खनाल लगाएत वरिष्ठ उपाध्यक्ष रघुनाथ पाण्डे, उपाध्यक्ष झविलाल अर्याल, महासचिव काशीराम आचार्य, सहसचिव रमेश थापा, कोषाध्यक्ष मुक्तिराम पाण्डे, महिला अध्यक्ष अनिता क्षेत्री, उपाध्यक्ष मिना भट्टराई, महासचिव गीता खनाल, सचिव कमला सिघा लगाएत सम्पूर्ण टीम को उपस्थिति रहेको थियो।
