यो समय कृषकलाई सहुलियत दरमा रासायनिक मल तथा धानको बिउ उपलब्ध गराउनुपर्छ

२०७८ साल बैशाख-३०, बुटवल।

म आशिष देवकोटा। मेरो घर कर्णाली प्रदेश मुगु जिल्ला हो। अहिले म कोरोनाको कारण बुटवल मा छु।म त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पस मा दोस्रो सेमेस्टरमा अध्ययनरत् छु। म आफु कृषिको विद्यार्थी भएर नि होला आज सबैभन्दा पहिला मलाई गरीब किसानहरूको पिडा अनुभूति भइरहेको छ।आज कोभिडको कारण हाम्रो देश नेपाल मात्र नभई सम्पुर्ण मानव जाति नै ठुलो संकटमा परेको छ।यो समय सबै जना सुरक्षित साथ बाँच्न पर्ने छ।

कोरोनाको कारण अमेरिका,भारत, ब्राजिल तथा थुप्रै युरोपेली राष्ट्रहरुले ठूलो धनजनको क्षति भोगिरहेका छन्।आज सिँगो मानवजाति नै कोभिडको विरुद्धमा उत्रेको छ। पछिल्लो पटक हाम्रो देश नेपालमा पनि प्रत्येक दिन ८-१० हजार नयाँ संक्रमित फेला पर्नुको साथै करिब ४ लाख जनालाई भाईरसले संक्रमणा गर्नुको साथै धेरै जनाले अकालमा ज्यान गुमानु परेको छ। तर भ्याक्सिन पनि सुरु गरिएको छ।

डाटा हेर्ने हो भने अरबौ संक्रमित भएका छन् भने करौडौंले ज्यान गुमाएका छन्।आज कोरोनाले भारत झै नेपाल पनि ग्रसित अवस्थामा पुगेको छ तर देश राजनितिक अस्थिरता तथा कुर्सिको भोकले गर्दा प्रमुख नेताहरूको ध्यान कुर्सिमा भईरहदा देशमा जनता भने अक्सिजनको सिलिन्डर नपाएर अकालमै ज्यान गुमाएका छन्।यसै कोरोनाले हरेक क्षेत्रमा असर त पारेको छ तर पछिल्लो समय कृषिमा पनि ठूलो क्षति पुर्याएको छ।


नेपालको जनसंख्याको लगभग ७०% जनता कृषिमा आधारित छन्।आज कोरोनाको कारण देशमा भोकमारी सिर्जना उत्पन्न भएको छ त्यसको एक मात्र कारण गरीबी हो। हाम्रो देशमा करीब ३०% जनसँख्या गरिवीको रेखामुनि रहेका छन्। यो समय सरकारले जनतालाई भोकमारी बाट बचाउने कि खोप दिने कि औषधि उपचार गर्ने भन्ने विषयमा चिन्तित भएर काम गर्नुपर्ने समय हो तर विडम्बना त्यसको उल्टो कुर्सिको झगडा छ।अब यो अवस्थामा देशमा आत्मनिर्भर हुनु पर्छ तर नेपालमा सबैभन्दा धेरै जनता( करिब ७०%) कृषिमा निर्भर भएको कारण त्यसको लागि समयमै कृषकलाई वर्खे मौसम सुरु भएकोले धानका उन्नत जातका बिउविजन तथा मल उपलब्ध गराउनु पर्छ। देशमा कृषकले धानको बिउ राख्ने चटारो सुरु भएको छ। हाम्रो देशमा वर्खे मौसममा ६०% आकाशे पानीमा निर्भर भएकाले अझ त देशका बिभिन्न ठाउँमा मेघ गर्जन सहित खोलानाला, नदिको सतह बढ्न थालेको कारण विभिन्न ठाउँमा आज भोलि बिउ राख्नुको साथै जेष्ठ-१५ बाट रोपाइँ सुरु हुन्छ।

तर यो वर्ष कोरोनाको कारण गाउँमा ठुलो जनशक्ति देश तथा विदेशबाट आई नयाँ पुस्तामा कृषिमा लागेर घरमै बसी उत्पादन गर्ने सोच रहेको छ तर पछिल्लो समयमा विउ र मलको समस्या हुने देखिएको छ। अघिल्लो वर्ष झै यो वर्ष पुन: बिउविजन र रासायनिक मलको समस्या कृषकले भोग्नु पर्ने भएको छ। देशमा कोरोनाको कहर गाउँ गाउँमा पुगेको छ। धेरै जसो नेपाली किसानहरू आफ्नो उब्जाउमा निर्भर हुने हुदाँ धानमा धेरै उत्पादन गरी आफ्नो परिवार धान्ने सोचमा हुन्छन्। नेपालमा उत्पादित हुने प्रमुख धानका जातहरु निम्न तालिका मा रहेका छन्।


धानको बिउ मात्र भएर पुग्दैन किनकि हाम्रो देशमा तुलनागतरुपमा गाई, भैंसी, बाख्रा,भेडा, कुखुरा तथा बँगुर जस्ता घर पालुवा जनावर पाल्न छोडिसकेको कारण थुप्रै किसानहरू रासायनिक मलमा आत्म निर्भर हुनुपरेको छ। हाम्रो देशमा गत वर्ष करिब ३९ लाख मेट्रिक टन मल आवश्यक पर्छ त्यसमा धानलाई मात्र ७.५ लाख मेट्रिक टन मल चाहिनेमा ४.५ लाख मेट्रिक टन उपलब्ध गराउने गरेको थियो । हाम्रो देशमा हरेक कुरा आयात गर्ने बानि परेको कारण देशमा बार्षिक ५० अर्बको रासायनिक मलको आयात हुन्छ। रासायनिक मल भित्र युरिया,पोटास,DAP जस्ता रासायनिक मल पर्छन्।यो वर्ष कोरोनाको कारण गरीब किसानहरूलाई आफ्नो पेट कसरी पाल्ने र कसरी रोगबाट बाच्ने भन्ने डर भएको छ। कामहरु सबै बन्द भएको कारण घरमै थला पर्नु परेको छ।यो अवस्थामा किसानहरू खाना त पाएको छैनन् भने कसरी धानको विउ किन्ने र रासायनिक मल किन्ने भन्ने चटारोले ज्यान खाएको छ।यो अवस्थामा सरकारले गरीब किसानहरूलाई सहुलियत मुल्यमा धानको उन्नत जातका बिउविजन तथा मल उपलब्ध गराउनु पर्छ।
नेपालमा २५ लाख हेक्टर खेतीयोग्य जमिन रहेको छ। जसमा ५-१०% बाँझो रहेको सरकारी तथ्यांक छ। जसमा सरकारी तथ्याङ्क अनुसार गत वर्ष २०७६/०७७ मा १४ लाख ५८ हजार हेक्टरमा धान उत्पादन गरिएको थियो भने ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्याङ्क रहेको छ। पहिला भन्दा अघिल्लो वर्ष कोरोनाले सबै गरीब कृषक का छोराछोरी सहरबाट गाउँ आउनुको साथै कोहि सहर छोडि गाउँ घरको बाँझो भुमिमा धानको उत्पादन गर्ने उद्देश्यले बाँझोभुमि धेरै प्रयोग भई धेरै उत्पादन गरिएको थियो तर यो वर्ष धानको विउ राख्ने समय आईसक्दा पनि सरकार गम्भीर नभएको देखिएको छ। जसका कारण धान उत्पादनमा ह्रास आउने कि भन्ने चिन्ता पनि कायमै छ।

त्यसैले यो अवस्थामा सरकार राजनीतिक अस्थिरताका नगई गरीब कृषक नेपालीलाई सहुलियत मुल्यमा धानको बिउ तथा रासायनिक मल को समस्या लाई हल गरी देशमा भोकमारीबाट ग्रसित नेपालीलाई घाउमा पट्टी भएनि बाध्ने काम गर्नेछ भन्ने आशा गर्नुको साथै आग्रह गर्दछु।यो समय ज्यादै संकटको समय भएकोले सम्पुर्ण देश बिदेश हुनुभएका नेपालीहरुमा घरमै सुरक्षित भएर बस्न आग्रह गर्दछु।

You might also like

Leave A Reply

Your email address will not be published.