हिमाली जिल्ला मुगुको सोरु-१० धैनमा काङ्ग्रेस प्रवेश गर्नेको ओइरो
०८ माघ,काठमाडौं – हिमाली जिल्ला मुगुमा नेकपा भित्रको राजनितिक गडबडीले पहिरो नै गएको छ।हिजो जिल्लाको सम्पुर्ण वडामा प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान माथिको गलत कदम विरुद्ध भएको आन्दोलन कार्यक्रममा गरिएको थियो।
जसमा सोरु गाउँपालिकाको १० मा नेकपामा आवद्ध २२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिरोध सभाका प्रमुख अतिथि त्यसै गाउँपालिकाका अध्यक्ष लोक बहादुर शाहिले २२ जनालाई अबिर लगाएर पाटि प्रवेश गरेका छन्। वडा सभापति कर्ण जैसिको सभापतित्वमा भएको कार्यक्रममा १०० लोकतन्त्रमा आस्थावान् नेपाली कांग्रेसका कार्यकर्ता तथा विपक्षी जनताको पनि व्यापक उपस्थित रहेको कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली कांग्रेसका जिल्ला सदस्य देविलाल मल्लले जानकारी दिएका छन्।
नामहरू;-
हस्त बहादुर शाहि,मनरिषि जैसि,रत्न जैसि,नन्द्या जैसि,जीव जैसि,जयकर्न जैसि,नन्द्या नेपाली,मन्तरी नेपाली,सुकमति नेपाली,अम्ब बहादुर नेपाली,उब्जन नेपाली, सर्मिला नेपाली, सुरेश नेपाली,पौमल सार्कि,पर्वते सार्कि, जयकर्न सार्कि लगायत गरी २२ जना पाटी प्रवेश गरेका छन्।
प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विवादले पार्टी विभाजन भएपछि नेकपाभित्र देशभर असन्तुष्टि चर्किएको छ । विभिन्न जिल्ला, पालिका, वडा र गाउँबाट नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहरूको लहर नै चलेको छ ।