सभापति ज्यु , “आफ्नो ईज्जत आफैँ नलुटौ”- नेता राना
७ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश रानाले पार्टी सभापति शेरबहादुर देउवालाई नेकपासँग कुनै हालतमा आफ्नो ईज्जत आफैँ लुट्न नहुने भन्दै खबरदारी गरेका छन् ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवादका कारण पार्टी अब मिलाउनै नसकिने अवस्थामा पुगेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीका लागि आग्रह गरेका खबरहरु सार्वजनिक भैरहेका बेला नेता रानाले यस्तो खबरदारी गरेका हुन् ।
कांग्रेसलाई ५ बर्षको लागि प्रतिपक्षमा रहेर कार्य गर्ने जनादेश प्राप्त भएको भन्दै नेता रानाले साझा विचार जानकारीलाई ‘नेकपाको सत्ता भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेसले आफ्नो ईज्जत आओै लुटिन नहुने’ बताएका हुन् । उहाँले अब स्थानीय निकायको चुनाव आउन जम्मा १५ महिना बाँकी रहेको हुँदा त्यसैले सोचेर काम गर्न पाटि सभापति शेर बहादुर देउवालाई खबरदारी गरेका छन्।
प्रधानमन्त्री ओलीले नेकपा फुटको संघारमा रहेको संकेत गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरी आठ वटा मन्त्रालयको प्रस्ताव गरेका खबरहरु बाहिरीएका छन् । भने सभापति देउवाले यस विषयमा पार्टीमा छलफल गरेर उचित जवाफ फर्काउने जनाएका छन् ।