युबा सजगता अभियान सुदुरपश्चिम प्रदेशको सह-सचिवमा युबा नेता पाण्डे
६ असोज, काठमाडौं।
युबा सजगता अभियान सुदुरपश्चिम प्रदेशको सह-सचिवमा युबा नेता अर्जुन पाण्डे चयन भएका छन्।आज कार्यसमिति विस्तार गर्ने क्रममा अभियानका प्रदेश संयोजक भुवन भट्टईले एक विज्ञप्ति निकाल्दै उनि प्रदेश कार्यसमितिको सह-सचिवमा स्थान पार्न सफल भएका छन्।
युवा सजगताअभियानले देशभर अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने, प्रशिक्षित गर्ने,सामाजिक कार्य गर्दै आएको छ। अभियानको केन्द्रिय संयोजक ई.चिन्तन पौडेल रहेका छन्। नेविसंघका नेता अर्जुन पाण्डे विभिन्न कालखण्डमा नेपाल विद्यार्थी संघ बाजुराको तथा सिंगो पाटिको कार्य गर्दै आएका छन्। सजगता अभियानको केन्द्रीय सदस्यमा चयन भईसकेपछि नेता पाण्डेले “युवाहरुलाई उनीहरुको योग्यता क्षमता र सिपका आधारमा सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा स्थापित गरिनुपर्दछ “भन्ने सोचलाई मध्य नजर गर्दै आगामी दिनहरुमा आफुँ लगायत आफ्नो टिमले कार्य गर्ने जानकारी दिएका छन्।