डा.केसिको १९ औं अनसन तोडियो

२५ असोज, काठमाडौं।
.डा.गोविन्द केसीले १९ औं पटकको अनशन तोडेका छन्। अनशनको २७ औँ दिन शनिबार मध्य राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले आइतबार विहान अनशन तोडेका हुन्।

अनशन तोड्ने क्रममा डा. केसीलाई त्रिवि शिक्षण अस्पतालका ४६ बर्षका सफाइ कर्मचारी विकाश नेपालीले जुस खुवाएका थिए। लगत्तै उनलाई त्रिवि शिक्षण अस्पतालकै सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ। अनशन तोडाउँदै गर्दा डा. केसीका समर्थकले सरकार सहमतिप्रति गम्भिर बनोस लेखिएका प्लेकार्ड बोकेका थिए।

६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका केसीलाई त्यहाँबाट काठमाडौ ल्याइएको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.