रामपुर कृषि क्याम्पस खैरहनीमा ने.वि. संघले गर्यो अनिश्चितकालीन तालाबन्दी

१६ असोज, चितवन। रामपुर कृषि क्याम्पस खैरहनीमा ने.वि. संघले गर्यो अनिश्चितकालीन तालाबन्दी गरेको छ। गत वर्षको फाल्गुन महिनामा कृ.प.वि.अ.स. डिनको कार्यालय कीर्तिपुरबाट रामपुर क्याम्पसमा पदपुर्ती समिती गठन गरि शिक्षक भर्ना गर्नु भनि पठाइएका पत्रलाइ अधार बनाएर नेपाल बिधार्थी सघं रामपुर क्याम्पस समिती र क्याम्पस प्रशासन बिच मिती २०७६-११-२५ गते रामपुर क्याम्पसले पदपुर्ती समिती गठन गरि रिकत रहेका पदमा शिक्षक नियुक्तिका लागि चैत्र ७ गते भित्र बिज्ञापन खोलाउनुपर्ने भन्ने बुँदामा सहमति गरि क्याम्पसमा लगाइएका ताल्चा खोलिएता पनि क्याम्पस प्रमुखले आफ्ना व्यक्तिगत स्वार्थ पुरा गर्न ढिलासुस्ती गरेका स्पस्ट देखिएको भन्दै तालाबन्दी गरेको हो।

क्याम्पसमा पठाइएको आधिकारिक पत्रलाई पुनः रजिस्ट्रार कार्यालयमा पठाएर त्रि.वि. को ऐनलाई मिच्दै गलत प्रक्रियाबाट पदपूर्ति समिति गठन गरि २०७७/०६/०५ गते खोलाइएको विज्ञापनलाइ तत्काल स्थगित गरि त्रि. वि. नियमानुसार नयाँ पदपुर्ति समिती गठन गरि पारदर्शी रूपमा येग्य शिक्षकहरूका छनौट गर्न भनी २०७७/०६/०९ गते सम्बन्धित निकायलाई बोधार्थ दिदै ५ बुँदे विज्ञप्ती ने.वि. संघ रामपुर क्याम्पस इकाई समितिले बुझाएको थियो। हप्तादिन बितिसक्दा पनि सम्बन्धित सरोकारवाला पदाधिकारीहरुबाट कुनै पहल गरिएको देखिएन।मिति २०७७/०६/१५ गते २०७५/७५ ब्याचमा स्नातकोत्तर तहमा भर्ना हुनु भएका ७२ जना विद्यार्थीहरुले एकै लटमा थेसिस डिफेन्स गरिसकेको भए तापनि आफ्नो बिचारको आधारमा निकट ब्यक्तिहरुलाई मात्र फारम भर्ने वातावरण सृजना गर्ने जम्मा १५ जनाको नतिजा प्रकाशित गरी बाँकी विद्यार्थीहरुलाई यस बिज्ञापनमा संलग्न हुनबाट बन्चित गराउन खोजिएको यस्तो निन्दनीय कदमलाई रोक्न बाध्य भइ ने.वि. संघ रामपुर क्याम्पस खैरहनी इकाईले ने.वि. संघ गौरादह इकाई र ने.वि. संघ स्नातकोत्तर कीर्तिपुर इकाईलाई सहकार्य गर्दै ने.वि. संघको बिज्ञप्तीको बेवास्ता गरेको आन्दोलनको पहिलो चरण स्वरुप २०७७/०६/१५ गते रामपुर क्याम्पसमा ने.वि. संघ रामपुर क्याम्पसका सक्रिय सदस्य एवं जुझारु नेता विवेक श्रेष्ठ, ने.वि संघ राप्ती नगर समिति अध्यक्ष नेता काशिराम चालिसे,ने.वि. संघ खैरहनी नगर सदस्य रबिन कण्डेल,यमन श्रेष्ठ,ने.वि.संघका जुझारु नेता सन्देश गौली, आशिष देवकोटा,आयुस अधिकारीको उपस्थितिमा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएको ने.वि. संघ रामपुर क्याम्पस खैरहनी इकाईका संस्थापक सभापति,जुझारु नेता सौरभ यादवले जानकारी गराएका छ्न।

अगामी एक हप्ता भित्रमा आफ्ना मागहरूको सम्बोधन नभएको खण्डमा क्रमैसंग डिन कार्यालय र रजिस्ट्रार कार्यालय पनि तालाबन्दी गर्ने चेतावनी पनि उनले दिएका छन ।

You might also like

Leave A Reply

Your email address will not be published.