बहराइनका राजकुमारको टोलीले लियो मनास्लु चढ्ने अनुमति

६ असोज, काठमाडौं । बहराइनका राजपरिवारका एक सदस्य (राजकुमार) सहित रोयल गार्डको टोली हिमाल आरोहणको सिलसिलामा नेपालमा छ । उक्त टोलीले नेपालको स्वास्थ्य प्रोटोकल अनुसार ७ दिनको क्वारेन्टिन बसाई अवधि पुरा गरी अन्ततः आरोहण अनुमति लिएको छ ।

पर्यटन विभागका अनुसार विभागले क्वारेन्टिनको अवधि पुरा गरी पीसीआर नेगेटिभ आएपछि मात्र विदेशी नागरिकलाई आरोहण अनुमति दिनेगर्छ । यो टोलीले अब मनास्लु हिमाल आरोहणमा जानेछ ।

करिब दुई महिनाको बसाई अवधिमा यो टोलीले मनास्लु र लोबुचे हिमाल आरोहण गर्नेछ । टोलीमा कुल १८ जना छन् ।

उनीहरुसहित शरद ऋतुमा हिमाल आरोहण गर्न अनुमति लिने टोलीको संख्या दुई पुगेको छ । यसअघि नेपाली आरोहीको टोलीले अनुमति लिइसकेको छ

You might also like

Leave A Reply

Your email address will not be published.