युवा सजगता अभियानको केन्द्रीय सदस्यमा युवा नेता शाही

७ असोज, काठमाडौं।
नेपाल विद्यार्थी संघका नेता धर्मराज शाही नेपाली कांग्रेसका युवा नेता चिन्तन पौडेलको संयोजक रहेको युवा सजगता अभियानको केन्द्रीय सदस्यमा चयन भएका छन्। हिजो कार्यसमिति विस्तार गर्ने क्रममा अभियानका संयोजक ई.चिन्तन पौडेलले एक विज्ञप्ति निकाल्दै उनि मुगु जिल्लाबाट केन्द्रीय कार्यसमितिमा पर्न सफल भएका छन्। युवा सजगताअभियानले देशभर अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने, प्रशिक्षित गर्ने,सामाजिक कार्य गर्दै आएको छ।

युवा नेता शाहीको राजनितिक पृष्ठभूमिलाई हेर्दा उनी सर्वप्रथम २०६१ सालमा नेपाल बिद्यार्थी संघ मुगु-काठमान्डौं सम्पर्क समितिको संस्थापक अध्यक्ष हुँदै २०६५ सम्म २ कार्यकाल समालेका थिए।
, त्यसैगरी २०६८ सालमा नेपाल बिद्यार्थी संघ मुगुको अध्यक्षका उम्मेदवार भएका थिए। साथै उनलाई २०७४ सालमा नेपाल बिद्यार्थी संघ मुगुको अध्यक्षको पद रिक्त भइसकेपछि उनलाई नेबिसंघ मुगुको अध्यक्षमा मनोनीत गरिएको थियो। त्यसैगरी उनलाई २०७६ सालमा नेविसंघ कर्णाली प्रदेश- काठमाडौं सम्पर्क समितिको संयोजकको जिम्मेवारी दिइएको थियो। लगतै १ वर्षपछि नेपाली कांग्रेस बिभिन्न नेपाली कांग्रेसका भातृ संगठनमा जिम्मेवारी बहन गर्दै राम्रो कार्य गरेको भन्दै उनलाई २०७७ मा निति तथा प्रशिक्षण बिभागमा नेपाली कांग्रेस मुगुका सभापति खड्गबहादुर शाहिले सचिवको जिम्मेवारी दिएका थिए।

उनले यसै क्रममा २०७२ सालमा आफ्नै नेतृत्वमा मुगुको सोरु गा.पा लाई २ भागमा विभाजन गर्नु पर्छ भन्दै २१ दिन सम्मको शशक्त बिरोध कार्यक्रम सम्पन्न गरेका थिए।२१ दिन सम्म जिल्ला सदरमुकाम गमगढीमा शसक्त आन्दोलन गरेका थिए तर त्तकालिन पार्टीका नेताहरुको स्थानिय संरचना प्रतिको अज्ञानता र दुरदर्शिता नहुदाँ मुगु जिल्लाले करिब ८ वटा स्थानिय तह पाउने पक्का हुदा पनि थप भएर आएका स्थानिय तहलाई समेत घटाएर सरकारको बजेट बढी सकिन्छ ४ वटा मात्रै ठिक छ भन्दै आन्दोलनलाई चोरबाटोबाट तुहाउन सफल भई मुगाली जनता माथि कुठराघात गरेका थिए ।फलस्वरुप आज मुगु जिल्ला संघीयताले सहज हुने भन्दा पनि झन स्थानिय तहमा दुखको सारथी बन्न पुगेको देखिन्छ ‌।उक्त आन्दोलनको नेतृत्व गर्दा युवानेता धर्मराज शाहीलाई प्रहरीले पटक पटक पक्राउ गरि हिरासतमा लगेर कठोर यातना पनि दिईएको थियो । तत्कालिन रारा कालै धैनकोट गाबिसका करिब ४००० जनताहरु सडकमा गाउँपालिका माग गर्दै आन्दोलनमा उत्रिएका थिए । यसरी विभिन्न कालखण्डमा नेपाल विद्यार्थी संघ तथा सिंगो पाटिको कार्य गर्दै आएको देखिन्छ।

सजगता अभियानको केन्द्रीय सदस्यमा चयन भईसकेपछि नेता शाहिले “युवाहरुलाई उनीहरुको योग्यता क्षमता र सिपका आधारमा सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा स्थापित गरिनुपर्दछ “भन्ने सोचलाई मध्य नजर गर्दै आगामी दिनहरुमा आफुँ लगायत आफ्नो टिमले कार्य गर्ने जानकारी दिएका छन्।

You might also like

Leave A Reply

Your email address will not be published.