युवा सजगता अभियान प्रदेश नं-५ को प्रथम भर्चुअल बैठक सम्पन्न

२७ भदौ, बुटवल।
युवा जागरण (सजगता ) अभियान प्रदेश न-५ को पहिलो भर्चुअल मिटिङ शनिबार सम्पन्न भएको छ। अभियानका केन्द्रिय संयोजक इ. चिन्तन पौडेलको प्रमुख आतिथ्य तथा अभियानका केन्द्रिय उपाध्यक्ष युवा नेता प्रकाश रानाको विशिष्ट अातिथ्यता साथै प्रदेश न-५ का जिल्ला संयोजकहरुको उपस्थितिमा प्रदेश न-५ संयोजक कृषि बिद डा.मुक्ति पौडेलले कार्यक्रम सञ्चालन गरी सम्पन्न भएको छ।

आफ्ना धारणा प्रस्तुत गर्दै केन्द्रिय संयोजक ई.चिन्तन पौडेलले अबका बिकासका योजनाहरु दुरदराजका गाउँ लक्षित रहनु पर्नेमा जोड दिए।उनले अब हामीले युरोप, अमेरिका, भारत,जापान तथा अष्ट्रेलिया जस्ता विकसित देशमा भएको बिकास जस्तै नेपालमा पनि युवाहरुमा सजगता ल्याउन स्थानिय तह र तप्कामा भएका साथिहरु लाग्नुपर्ने बताएका छन्। त्यसैगरी समृद्द रास्ट्र निर्माण र दिगो बिकासका निम्ति सिपमुलक तालिम सहित युवा स्वरोजगार अभियान सन्चालन गरिनु पर्ने धारणा व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथि अभियानका केन्द्रिय उपाध्यक्ष प्रकाश रानाले युवा स्वरोजगारका लागि के कस्ता खालका युवा लक्षित कार्यक्रमहरु गर्न सकिन्छ भन्नेमा चाडै नै प्रदेश न-५ मा बिज्ञ सहितको एउटा रिसर्च सेन्टरको स्थापना गरिने बताए। साथै उनले आजको युग प्राविधिक युग भएकाले प्राविधिक विद्यार्थिहरुलाई सिपसँग जोड्नुपर्ने बताएका छन्।

त्यसैगरी आफ्ना धारणा प्रस्तुत गर्दै अभियान प्रदेश नं-५ का संयोजक डा.मुक्ति पौडेलले युबा सजगताको परिचयात्मक कार्यक्रम देखि लिएर यसका उदेश्यहरु, विगतमा भएका कार्यहरूको समिक्षात्मक कार्यक्रम गरेका थिए।अभियान रुपन्देहीका संयोजक विकास महतले फुड बैंक चाँडै नै सञ्चालक गर्ने, गरीब दु:खीहरुलाई सहयोग गर्ने भनेका थिए।त्यसै गरी पाल्पामा एक दिने वित्तीय तालिम संचालन गर्ने अभियान पाल्पाका संयोजक कृष्ण खनालले बताएका छन्। त्यसैगरी नवलपरासी पश्चिमका जिल्ला संयोजक अधिवक्ता झबिन्द्र ज्ञवालीले जिल्ला भित्रका ग्रामीण क्षेत्रमा कोभिड विरुद्ध सजगता ल्याइ घर घरमा सेनिटाईजर मास्क र साबुन लगायत खाद्यान्न बितरण,युवा जागरण अभियानका पोस्टर पम्प्लेट सामग्री र कृषिजन्य बीउ बिजन वितरण गर्ने बताएका छन्। कार्यक्रममा प्रत्येक जिल्लाका संयोजकहरुबाट आगामी दिनहरुमा गर्ने कामहरुको बारेमा सम्पूर्ण जानकारी गराईएको थियो।

त्यसैगरी अभियानका प्रदेश न-५ संयोजक एवम कृषि बिज्ञ डा.मुक्ती पौडेलले आधुनिकता सहितको ब्यवसायिक कृषि उत्पादनले मात्र रास्ट्र समृद्ध हुने भएकाले सम्पुर्ण युवाहरु ब्यवसायिक कृषि क्षेत्रमा लाग्न आह्वान गरेका थिए । प्रदेशका सम्पुर्ण स्थानिय निकायमा पुगि कृषि सम्बन्धि तथ्य संकलन गरी स्थानिय सरकारलाई कृषि पकेट क्षेत्र निर्धारण र बिस्तार गर्न नीति निर्माण गरि प्रदेश सरकार लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताएका छन ।

उक्त कार्यक्रमको सहजीकरण रामपुर कृषि क्याम्पसम Bsc.Ag मा अध्ययनरत आशिष देवकोटाले गरेका थिए।

You might also like

Leave A Reply

Your email address will not be published.