रुपन्देहीका किसानको धानमा समस्या देखिएपछि सैनामैनाका किसानहरुको खेतमा कृषि विज्ञहरुको टोलि द्धारा अनुगमन

२२ भाद्र सैनामैना,रुन्देहीका बिभिन्न क्षेत्रमा धानमा समस्या देखिएपछि सैनामैनाका किसानहरुको खेतमा कृषि विज्ञहरुको टोलिले अनुगमन गरेको छ।पक्लिहवा कृषि क्याम्पसका उपप्राध्यापक सहित नेपाल कृषि अनुसन्धान परिषद्का प्रमुख रोशन बस्नेत टिमले आज सैनामैनाका बिभिन्न स्थानहरुमा अनुगमन गरेको हो। अनुगमन गर्दा खेरी “ब्याक्टेरियल लिफ ब्लाइट” भन्ने रोग धान खेतमा देखिएको छ र केहि धानहरुमा किराले पनि आक्रमण गरेको देखिएको छ र सो रोगलाई बचाउनको लागि निम्न नामका औषधिहरु
१.Streptomycin sulphate
२.Copper Oxychloride
३.Cholorophyriphus भएको
नेपाल अनुसन्धान परिषद्का वैज्ञानिक श्री सिवरत्न गुप्ताले जानकारी दिनु भयो।

नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिकहरुद्धारा धानमा देखिएको रोग लाई ल्याबमा परिक्षण गर्नका लागि केहि धानका बोटहरु स्याम्पलका रुपमा लिएर गएका छन्। साथै त्यस नमुनाको रिपोर्ट छिटो भन्दा छिटो आउने विश्वास सैनामैनाका कृषक एम शर्माले भन्नुभएको छ।लिफ ब्लाइट नेपालको धान खेत मा देखिने अत्यन्तै धेरै समस्या मध्ये एक हो र विगत केहि वर्षबाट व्याक्टेरियल लिफ ब्लाइट रुपन्देही जिल्लामा देखिएको नेपाल कृषि अनुसन्धान परिषद्का प्रमुख रोशन बस्नेतले भन्नुभयो। किसानहरुलाई समस्या भएका ठाउँमा पुगेर समाधानका उपायहरू खोज्नका लागि जस्तो सुकै अवस्थामा पनि तयार रहेको पक्लिहवा कृषि क्याम्पसका उपप्राध्यापक डा. मुक्ति पौडेलले जानकारी दिनुभएको छ। उहाँले आफैं नै वैज्ञानिक टोलि लिएर कोभिड-१९ ले देशमा आतंकित पारेको अवस्थामा पनि ज्यानलाई जोखिम राखेर सैनामैना स्थित किसानका लागि अत्यन्तै महत्वपूर्ण उल्लेखनीय काम गरेका छन्। उहाँले यस अघि पनि सलहले आतंकित पारेको समयमा पनि सैनामैनाका किसानका खेत तथा बिभिन्न क्षेत्रमा ठुलो क्षतिबाट समयमा नै किसानलाई फिल्डमा नै पुगि सलह को प्रकोप बाट सजग हुन विभिन्न जानकारी दिनुभएको थियो।आज को अनुगमन टोलिमा वैज्ञानिक, कृषि प्राविधिक, पक्लिहवा कृषि क्याम्पसका उपप्राध्यापक र सैनामैना नगरपालिकाका किसानहरू रहेको Bsc.Ag रामपुर कृषि क्याम्पसमा अध्ययनरत श्री आशिष देवकोटाले जानकारी दिनुभयो।

You might also like

Leave A Reply

Your email address will not be published.