आज मात्र रुपन्देहीमा ३ जना कोरोना संक्रमितको मृत्यु

साझा समाचार प्रकाशित मिति : शुक्रबार, भदौ १९, २०७७
रुपन्देहीमा आज मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु
बुटवल । रुपन्देहीमा आज मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पताल, गौतमबुद्ध मुटु अस्पताल र एक जनाको भैरहवा स्थीत आफ्नै घरमा ति संक्रमितहरुको मृत्यु भएको हो ।
बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचाररत ७८ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्शन डा सुदर्शन थापाले जानकारि दिनुभयो ।
बुटवल ८ मिलनचौक निवासी उनी बिगत ९ दिन देखि कोरोना बिशेष अस्पतालमा उपचाररत थिए । उच्च रक्तचापका दिर्घ रोगी रहेका उनको आज बिहान ९ बजे मृत्यु भएको डा. थापाले बताउनु भयो ।
त्यसैगरी बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत कोरोना संक्रमित ६४ बर्षिय महिलाको मृत्यु भएको छ ।
भदौ ४ गते निमोनिया उच्च रक्तचाप र मिर्गौलामा गम्भिर समस्या देखिएपछि अस्पतालमा आएकी भैरहवाकी उनको अहिले बिहान साढे आठ बजे मृत्यु भएको हो ।
गौतमबुद्ध मुटु अस्पतालका अनुसार निमोनिया, उच्च रक्तचाप र मिर्गौलामा गम्भिर समस्या देखिएपछि उनलाई १६ गतेदेखि भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।
उपचारकै क्रममा स्वाव संकलन गरि पिसिआर परिक्षण गर्दा १६ गते कोरोना पोजिटिभ देखिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनु भयो ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षिय पुरुषको समेत निधन भएको छ । मिर्गौलाका बिरामी उनको लामो समयदेखि डाईलाईसिस भई रहेको थियो ।
भरतपुर अस्पतालमा उपचार गरेर फर्केका उनको परिक्षणको क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदारनाथ शाहले जानकारि दिनुभयो ।
आज थप डाईलाईसिस गर्न अस्पताल जाने तयारी गरी रहदा घरमै निधन भएको शाहले जानकारी दिनुभयो ।
यो संगै रुपन्देहीमा शुक्रबार सम्ममा कोरोना संक्रमित मृत्युको संख्या १४ पुगेको छ भने बुटवल उपमहानगरमा ५ पुगेको छ।

You might also like

Leave A Reply

Your email address will not be published.